Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपालकै पहिलो टि–१० क्रिकेट, भारत सहित १६ टिमको सहभागिता


  • लुम्बिनी चिन्तन
  • बैशाख ७, २०७८ मंगलवार
  • 1.1K
    SHARES

नेपालकै पहिलो टि–१० क्रिकेट, भारत सहित १६ टिमको सहभागिता

भैरहवा । भैरहवामा नेपालकै पहिलो टि–१० क्रिकेट प्रतियोगिता बुधबार देखि हुने भएको छ । 
मेलवर्न क्रिकेट तथा स्पोटर्स क्लबको आयोजना रुपन्देही क्रिकेट संघको सहकार्यमा स्टडी ल्याण्ड टि टेन क्रिकेट प्रतियागिता २०७८ हुन लागेको हो । 
भैरहवा स्थित सिद्धार्थ रंगशालामा बैशाख १८ गते सम्म हुने प्रतियोगिता कोभिड जोखिमको कारण दर्शक रहित हुने छ भने स्वास्थ्य मापदण्ड अपनाएर खेलाइने प्रतियोगितामा भारतका २ टिम सहित १६ टिमको सहभागिता रहने संयोजक रोशनलाल गुप्ताले जानकारी दिए । 174215002_476172513808277_3135584821010226320_n.jpg

२०५० सालमा स्थापान भएको क्लबले विगतमा ऐतिहासिक प्रतियोगिताहरु गराउदै आएको छ, भैरहवामा पहिलो पटक डेनाइट क्रिकेट, नेपाल भारत क्रिकेट लगायतका प्रतियोगितामा सफलता हासिल गरेको क्लबले विश्व क्रिकेटमै नयाँ फर्मेटमा रहेको टि टेन प्रतियोगितालाई पनि नेपालमै पहिलो पटक आयोजना गर्न लागेको क्लबका सल्लाहकार तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । यहा हुने प्रतियोगिता सेतो ड्युज बलले खेलाइने छ, जुन टि टेनका लागि नेपालकै पहिलो हो मल्लले भने ।174111070_163844388959241_378968319300667664_n (1).jpg

प्रतियोगितामा समूह ए अन्तर्गत बेस्टर्न क्रिकेट, आर आर चिल्हिया, गोर्खा वरियर्स, बुद्ध क्रिकेट, तिरुपति क्रिकेट, घिनहा–११, तिलोत्तमा क्रिकेट र निचलौल क्रिकेट क्लब भारत रहेको छ भने समूह बी तर्फ लुम्बिनी खुकुरी क्लब, जिआर एकेडमी, प्रोफेश्नल मास्टर्स, डिए स्पोटर्स गोरखपुर, ग्रायण्ड कस्मो, लुम्बिनी क्रिकेट क्लब, होराइजन क्रिकेट क्लब र युसिएमएस क्रिकेट क्लब सहित १२ टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष विमल सेन्चुरीले बताए ।

क्रिकेट एसोसिएसन अफ रुपन्देहीको प्रविधिक सहयोग र समन्वयमा हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलमा पुगेका टिम र म्यान अफ द सिरिजलाई १०–१० हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर ५÷५ हजारबाट पुरस्कृत गरिने छ । क्लबले प्रत्येक प्रतियोगिताको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गर्नेछ भने  मोस्ट सिक्स र वेस्ट क्याचलाई जनही २५ सय रुपैयाँबाट पनि पुस्कृत गर्ने भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।  प्रतियोगिताको मुख्य प्रायोजन स्टडील्याण्ड कन्सलटेन्सी, सहप्रयोजन ग्राण्ड कस्मो होटल र माउण्ट एभरेष्ट कत्था मिलले गरेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार