Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी बिकास कोषका कर्मचारीहरु आर्थिक प्रलोभनमा परि विश्वकै ठूलो ‘शान्ति मण्डला’ लुम्बिनीवाट गायव गरिएको स्थानियको दावी


  • लुम्बिनी चिन्तन
  • भाद्र ३, २०८३ बुधवार
  • 1.2K
    SHARES

लुम्बिनी बिकास कोषका कर्मचारीहरु आर्थिक प्रलोभनमा परि विश्वकै ठूलो ‘शान्ति मण्डला’ लुम्बिनीवाट गायव गरिएको स्थानियको दावी


काठमाण्डौ भदौ २,
संरक्षणका लागी लुम्बिनी बिकास कोषको जिम्मामा रहेको विश्वकै ठूलो ‘शान्ति मण्डला’ कोषले गुपचुप गायव पारेको स्थानियले आरोप लगाएका छन् । 
लुम्बिनी बिकास कोषका केही कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर करोडौ मुल्य वरावरको ‘शान्ति मण्डला’ थांका गुपचुप रुपमा लुम्बिनी वाट हटाईएको लुम्बिनी बचाउ महाअभियानले जनाएको छ । 
लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक रामविकास चौधरी लुम्बिनी विकास कोषमा राखिएको शान्ति मण्डला झुक्याएर पुन काठमाण्डौ लगीएको बताए । काठमाण्डौ लगीएको वताईएपनि उत्त थांका अहिले कहा कुन अवस्थामा छ भन्ने कुरा कसैलाई जानकारी नभएको उनले बताए ।
१६ देशका १० हजारभन्दा बढी स्वयंसेवकले तीन वर्ष लगाएर जापान लगायत बिभिन्न देशहरुमा तयार पारेको उक्त विश्व शान्ति मण्डला झन्डै ९ वर्ष ‘गायब’ अवस्थामा रहेको थियो । विश्वकै बहुमूल्य ‘विश्व शान्ति मण्डला’ (थांका) २०८२ वैशाख १५ गते काठमाडौं प्रहरीले लुकाइराखेको अवस्थामा फेला पारेको थियो ।
नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकाली बसोवास गरिरहेको गोंगबुस्थित घरबाट उक्त मण्डला बरामद गरिएको थियो । त्यसपछि संरक्षणका लागि लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरियो थियो । 
काठमाडौंका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जिल्ला प्रशासन काठमाडौंलाई बोधार्थ दिएर थांका लुम्बिनी बिकास कोषलाई जिम्मा लगाईएको थियो । प्रकृया पुराएर संरक्षणका लागी लुम्बिनी बिकास कोषलाई जिम्मा लगाएको थांका कोषले गुपचुप काठमाडौं फिर्ता पठाएको छ । काठमाण्डौ पठाईएको भनिएको थांका कहा कुन अवस्थामा छ भन्ने कुरा कोष वेखवर छ । 

haaaa.png
लुम्बिनी बिकास कोषका निमित्त सदस्य सचिव ज्ञानेन राईले थांका काठमाण्डौ पठाएको बताए । थांका लुम्विनी बिकास कोषको सम्पती होईन , संरक्षणका लागि लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको थियो पछि फिर्ता मागे हामी पठायौ राईले भने ।
तत्कालीन सदस्य–सचिव दीपक श्रेष्ठले २०८२ मंसिर २४ गते लुम्बिनी बिकास कोषबाट थांका निकालिएको बताए ।  सुरक्षा निकायलाई थांका हस्तान्तरण गरेका हौ श्रेष्ठले भने । तर, उक्त मण्डला कहाँ, कुन अवस्थामा छ ? भन्ने सरकारी निकायलाई पनि जानकारी छैन ।  

daaa.png

लुम्बिनीबाटै बहुमूल्य मण्डला गायब पारिएको छ लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक रामविकास चौधरीले भने ।
१६ देशका १० हजारभन्दा बढी स्वयंसेवकले तीन वर्ष लगाएर तयार पारेको उक्त विश्व शान्ति मण्डलाको व्यवस्थापनमा लुम्बिनी बिकास कोष जिम्मेवार नवनेको स्थानियको आरोप छ । कोषका कर्मचारीहरु आर्थिक प्रलोभनमा परि उक्त मण्डला लुम्बिनी बाट हटाएको दाबी गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समेत जानकारी नदिई मण्डला फिर्ता गरीएको छ । कोषकै पदाधिकारीले मण्डला काठमाण्डौ लैजान थालेका छन्र यसलाई रोक्न सहयोग मागेपछि स्थानिय लुम्बिनी बिकास कोष पुगेका थिए तर त्यस अगावै  लगिसकिएको थियौ लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक चौधरीले भने ।
सरोकारवाला मन्त्रालयलाई समेत जानकारी नदीई लुम्बिनीबाट काठमाडौं लगिएको बहुमूल्य थांका कहा लुकाइएको छ भन्ने अहिले लुम्बिनी बिकास कोषलाई पनि जानकारी छैन । हामीले सुरक्षा कर्मीको जिम्मा लगाएर पठाएका हौ अहिले कहा छ भन्ने हामीलाई जानकारी छैन लुम्बिनी बिकास कोषका निमित्व सदस्य सचिव ज्ञानिन राईले भने । यो हाम्रो सम्पत्ती पनि होईन उनले भने । राख्न दिएका थिए उनिहरुले मागे हामीले पठायौ उनले भने । 
थांकालाई प्रदर्शनीका नाममा विदेश लगेर बेच्ने प्रयास भइरहेको श्रोतको दावी छ । सो थांका २०८२ वैशाख १६ गते लुम्बिनी विकास कोषमा ल्याईएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २०८२ वैशाख १५ गते ‘नेपाल बौद्ध धर्म संरक्षण समिति’का अध्यक्ष सूर्यबहादुर थकाली बसोबास गर्दै आएको काठमाडौं महानगरपालिका–२६, गोंगबु आवास क्षेत्रस्थित घरबाट ८१ थान थांका बरामद गरेको थियो ।
जापानी नागरिक यासुतादा कातागिरीले १६ देशका १० हजारभन्दा बढी स्वयंसेवकले तीन वर्ष लगाएर उत्त थांका तयार पारेका थिए । 
विश्वकै ठूलो मण्डला बनाउने उद्देश्यले गैरनाफामूलक संस्था एनपीओ एम २१ नेटवर्क टोकियो नामक संस्थाले सन् १९९९ मा विश्वकै सबैभन्दा ठूलो मण्डला बनाउने अभियान सुरु गरेको थियो ।
एक हजार वर्षसम्म नबिग्रिने मण्डला बनाउन १६ देशका १० हजारभन्दा बढी मानिस परिचालित भएका थिए । लगातार तीन वर्षको प्रयासमा दुई हजार किलोग्राम तौल भएको विशाल मण्डला निर्माण भएको थियो ।
८१ वटा टुक्रा थांका जोडेर बनाइएको यस मण्डलाको ७५ प्रतिशत भाग जापानमै निर्माण गरिएको थियो । बाँकी २५ प्रतिशत अन्य १५ मुलुकमा तयार गरिएको थियो भने नेपालमा पनि २ प्रतिशत (२ वटा टुक्रा) निर्माण भएको थियो।
विश्वमा युद्धको अन्त्य भई शान्ति छाओस् र मण्डलाको विश्वव्यापी प्रदर्शनबाट संकलित रकम एसियाली मुलुकका बालबालिकाको शिक्षामा सहयोग गर्न सकियोस् भन्ने पवित्र उद्देश्यले यसको निर्माण गरिएको थियो । 
वि.सं. २०६९ मा दशरथ रंगशालामा मण्डलाको प्रदर्शन गरिएको थियो । वि.सं. २०७३ मा काठमाडौं, पोखरा र लुम्बिनीमा मण्डला प्रदर्शन गरियो। त्यपछि गायव पारीएको थांका ९ बर्ष पछि फेला पारी लुम्बिनी बिकास कोषलाई संम्रक्षण्का लागी जिम्मा लगाएकोमा कोषले पुन गुपचुप सरोकारवाला मन्त्रालयलाई समेत जानकारी नदीई फिर्ता गरेपनि लुम्बिनी बिकास कोष विवादमा तानएिको छ ।


लुम्बिनी चिन्तन

थप समाचार