Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गिरिजाप्रसाद कोईरालाको स्मृतिमा बुटवलमा महिला भलिवल रनिङ्शिल्ड सुरु


  • लुम्बिनी चिन्तन
  • बैशाख ३, २०७८ शुक्रवार
  • 1.7K
    SHARES

गिरिजाप्रसाद कोईरालाको स्मृतिमा बुटवलमा महिला भलिवल रनिङ्शिल्ड सुरु

बुटवल । स्वर्गीय नेता गिरिजाप्रसाद कोईरालको स्मृतिमा बुटवलमा अन्तरबिद्यालय महिला भलिवल रनिङ्शिल्ड प्रतियोगिता सुरु भएको छ । जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा शुक्रबार र शनिबार हुने प्रतियोगितामा १३ बिद्यालय सहभागि रहेको प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए  प्रतियोगिताको बिहिबार नेपाली काँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले रेफ्रिलाई बल हस्तान्तरण गरेको उद्घाटन गरेकी छन । त्यस अवसरमा बोल्दै खेलले सहमति, सहकार्य र एकताको सुत्रमा बाँध्नको लागि सहयोग गर्ने विश्वास व्यक्त गरिन ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रतिष्ठानले विगत ७ वर्षदेखि नियमित रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई ट्रफि र मेलड सहित क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार ५ सय रुपैंया नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका महासचिव तथा प्रतियोगिताका संयोजक परमानन्द भट्टराईले बताए ।

यस्तै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सूजाता कोईरालाले कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आएको बताउनु भएको छ । प्रधानमन्त्री केपीले एकलौटी रुपमा सत्ता सञ्चालन गर्न खोजेका कारण मुलक अस्थिरतामा फसेको बताउँदै असफल सरकार र त्यसको अवसफल नेतृत्वका बिरुद्ध सबै मिलेर लड्नुपर्ने बताउनु भएको हो । मुलुकको राष्ट्रिय राजनीतिलाई सुधार गर्नको लागि नेपाली काँग्रेस एकजुट हुनु पर्ने समेत उहाँले भनाई राख्नुभयो । 
नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको ११ औं स्मृति दिवसको अवसरमा जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तर बिद्यालय महिला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नेतृ कोईरालाले मुलुकको समृद्धि र बिकासको लागि गिरिजाप्रसाद कोईरालाले लिएको सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताउनु भयो । गिरिजाप्रसाद कोईरालाले लिएको सहमति, सहकार्य र एकताको नीतिकै कारण तत्कालिन विद्रोही माओवादीलाई शान्तिको बाटोमा रुपान्तरण गर्न सकिएको बताउँदै मुलुकको बिकास र समृद्धिको लागि सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताउनु भयो । 
प्रतिष्ठान रुपन्देहीका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिपि अध्ययन प्रतिष्ठानका अध्यक्ष युवराज गिरी, जिपि फाउण्डेसन लुम्बिनी प्रदेश अध्यक्ष तथा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठ, महासचिव तथा प्रतियोगिताका संयोजक परमानन्द भट्टराई लगायतले भनाई राख्नुभएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार