Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्यूठान दुर्घटना : ५ जनाको मृत्यु, ९ घाइते (अपडेट)


  • लुम्बिनी चिन्तन
  • बैशाख १, २०७८ बुधवार
  • 456
    SHARES

प्यूठान दुर्घटना  : ५ जनाको मृत्यु, ९ घाइते (अपडेट)
 

प्यूठान । प्यूठानमा बुधबार भएको दुर्घटनामा परी ज्यान गुमाउनेकाे संख्या पाँच पुगेकाे छ । प्यूठानको स्वर्गद्वारीनजिकै भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित ५ जनाको मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार नयाँ वर्षको दिन विदा पारेर स्वर्गद्धारी दर्शन गर्न अाएका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र तिनका परिवारका सदस्य सवार जिप दुर्घटना भएको हाे , मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् ।

दुई जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।  जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । प्रशासकीय अधिकृत श्याम न्यौपाने, प्रशासनकै खरिदार यमलाल पन्थी र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।

जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो । घटनामा ९ जना घाइते छन् । घाइतेमध्ये गम्भीर दुई जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

घटनालगत्तै गुल्मीका प्रजिअ, प्रहरी उपरीक्षकसहितको टोली घटनास्थलतर्फ जाँदै छ । जिपमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी र उनीहरुको परिवार स्वर्गद्वारी दर्शनका लागि गएको जानकारी आएको प्रजिअ शर्माले बताइन् ।


लुम्बिनी चिन्तन

थप समाचार