Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

स्वर्गद्वारी जाँदै गरेकाे जिप दुर्घटना, तीन जनाको ज्यान गयो


  • लुम्बिनी चिन्तन
  • बैशाख १, २०७८ बुधवार
  • 448
    SHARES

स्वर्गद्वारी जाँदै गरेकाे जिप दुर्घटना, तीन जनाको ज्यान गयो

प्युठान। मङ्गलवार नयाँ वर्षको दिन भ्रमणका लागि स्वर्गद्वारी आएको लु १ ज १६५५ नम्बरको जीप प्युठान स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा गुल्मी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित तीन जनाको ज्यान गएको छ ।  

जीपका चालकसहित दुईजनाको घटनास्थल र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचारका क्रममा ज्यान गएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताए घटनामा अन्य ११ जना घाइते छन् ।

घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भुषालले जानकारी दिए ।

जीप स्वर्गद्वारी जाँदै गर्दा मङ्गलवार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको भुषालले बताए। घटनामा केही गम्भिर घाइते छन् ।


लुम्बिनी चिन्तन

थप समाचार