Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीको मर्चवारमा युवतीको शंकास्पद मृत्यु, प्रहरीको अनुसन्धान जारी


  • लुम्बिनी चिन्तन
  • जेठ २६, २०८२ आइतवार
  • 664
    SHARES

रुपन्देहीको मर्चवारमा युवतीको शंकास्पद मृत्यु, प्रहरीको अनुसन्धान जारी

भैरहवा, जेष्ठ २५। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ स्थित मर्चवार क्षेत्रको एक खेतमा एक युवतीको जलेको अवस्थामा शव फेला परेको छ।
प्रहरीका अनुसार २२ वर्षीया सिर्जना पाल आइतबार विहान करिब १ बजे आफ्नो घरबाट करिब १ किलोमिटर टाढा एक खेतमा मृत भेटिएकी हुन्।

जलेको अवस्थामा शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार विहान २ बजेतिर प्रहरी टोली त्यहाँ पुगेको थियो र अनुसन्धान सुरु गरिएको छ।

हाल सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएर घटनाको विषयमा सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनालाई लिएर थप अनुसन्धान जारी रहेको जनाइएको छ।


लुम्बिनी चिन्तन

थप समाचार