Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

तीनकुनेमा उपद्रो मच्चाउनेका नाइके ज्ञानेन्द्र शाह हुन् : देउवा


  • लुम्बिनी चिन्तन
  • चैत्र १५, २०८१ शनिवार
  • 332
    SHARES

तीनकुनेमा उपद्रो मच्चाउनेका नाइके ज्ञानेन्द्र शाह हुन् : देउवा

भैरहवा चैत्र १६/

कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीको नाममा शुक्रबार काठमाडौंको तीनकुनेमा उपद्रो मच्याउनेहरूका नाइके ज्ञानेन्द्र शाह भएको आरोप लगाएका छन् ।

शनिबार नेपाली लेखक संघको आठौँ महाधिवेशनको लुम्बिनीमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले शाह सुध्रिने स्वभावका मानिस नभएको टिप्पणी गरे । ‘पूर्वराजा ज्ञानेन्द्रका नाममा हिजो जसरी हुलहुज्जत र अराजकता निम्त्याउने काम भयो, त्यसले ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन् भने राजा भएपछि के गर्लान् भन्ने स्पष्ट भइसकेको छ,’ देउवाले भने, ‘ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन्, उनी सुध्रिने मानिस होइनन् ।’

‘उनी कहिल्यै राजा बन्ने स्वभावका थिएनन्,’ देउवाले भने । उनले नेपाली जनता सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताए। देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहदैमा यो व्यवस्था परिवर्तन नहुने बताए । हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो ।

लेखक, पत्रकारहरूलाई लोकतान्त्रिक गणतन्त्रका पक्षमा खुलेर कलम चलाउन देउवाले आह्वान गरे । ०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले नै निर्वाचन गराउन अक्षम भएको आरोप लगाउँदै १८ असोज ०५९ मा बर्खास्त गरेका थिए।

त्यसको २ वर्षपछि ०६१ मा फेरि प्रधानमन्त्रीमा नियुक्त गरिए पनि ज्ञानेन्द्रले १९ माघ ०६१ मा शासन सत्ता हातमा लिँदै देउवालाई पदबाट हटाउँदै नजरबन्दमा राखेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार