भैरहवा । नवराज न्यौपाने लायन्स क्लब डिस्ट्रिक ३२५ बि टु को दाेस्राे भाइस डिस्ट्रिक गभर्नर ( भिडिजी) मा निर्वाचित भएका छन् ।
लायन्स क्लव अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष न्याैपानेसँगै उम्मेदवारी दीएका उमंग देवकोटाले आफनो उम्मेदवारी फिर्ता लिएसँगै न्याैपाने निर्विराेध निर्वाचित भएका हुन ।
शनिवार हेटौडामा सम्पन्न डिस्ट्रिक ३२५ बि –२ को नवाैं डिस्ट्रिक कनभेन्सनले न्यौपानेलाई वर्ष २०२१–२२का लागि सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर निर्वाचित गरेको छ। न्यौपाने सेकेण्ड भाइरस डिस्ट्रिक गभर्नर पदमा निर्वाचित भए पछि संगै २ वर्ष पछि लायन्स क्लब डिस्ट्रिक ३२५ बि –२को गभर्नर हुन मार्ग खुल्ला भएको छ । निर्वाचित न्यौपाने रोलक्रम अनुसार वर्ष २०२३–२४ मा लायन्स क्लब डिस्ट्रिक ३२५ बि –२को गभर्नर हुनेछन् ।
क्षेत्र ४ (एरिया चार)का तर्फबाट आधिकारीक उम्मेदवार रहेका उनलाई एरिया–४ को आधिकारिक बैठकले वर्ष २०२१–२२का लागि सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर (भिडिजी) पदमा उम्मेदवार उठाउने निर्णय गरेकाे थियाे । एरिया ४ मात्र मात्रै नभई देशैभरी ३२५ बि–२ मा आबद्ध लायन्स क्लबहरुले समर्थन गरीरहेका थिए । डिस्ट्रिक ३२५ बि –२ अन्तरगत काठमाडौंका केही लायन्स क्लबहरु र बाँकी क्लबहरुमा बिरगञ्जदेखि पश्चिम महेन्द्रनगरसम्मका लायन्स क्लबहरु छन । पहाडी जिल्ला पाल्पा पनि ३२५ बि –२ मै पर्दछ ।
न्यौपानेले आफूले गभर्नर भए पश्चात प्राप्त गर्ने भत्ता तथा सुबिधा वापतको सबै रकम आफूले नलिई लायन्स अभियानलाई नै समर्पण गर्ने र निकट भविष्यमा लायन्स क्लबको हुन गइरहेको जिल्ला विभाजन पछि बन्ने नयाँ डिस्ट्रिकका लागि आवश्यक नयाँ सचिवालय भवन निर्माण तथा अन्य पूर्वाधार निर्माणमा समेत एक आर्थिक वर्षको आफ्नो आम्दानी बराबरको रकमको योगदान गर्दै लायन्स क्लब माध्यमबाट सामाजिक सेवामा निरन्तर खटिरहने बताएका छन् ।
यस्तै कन्भेन्सनबाट लायन बर्ष २०२१/०२२ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा राम प्रसाद भट्ट एमजेएफ, प्रथम भिडिजीमा सि. बि चन्द, दाेस्राे भिडिजीमा न्याैपाने ,चिफ एडभाइजरमा उमंग देबकोटा निर्बाचित भएका छन । त्यस्तै गभर्नर इलेक्टबाट डिष्ट्रिक्ट क्याबिनेट सचिवमा प्रभाकर पण्डित, क्याबिनेट ट्रेरेजरमा नारयाण प्रसाद शर्मा र ७ वटा एरियाकाे चिफ मध्ये एकमा तारामान धामी, दुइमा बासु तिमिल्सीना, तीनमा बालगाेपाल चुके, चारमा जीवन गाैतम, पाचमा टेकेन्द्र कण्डेल, ६ मा हाेमनाथ अधिकारी र ७मा राजेश कुमार भट्ट मनाेनित भएकाे डिस्ट्रिक ३२५ बि टुका इभेलुएशन प्रमुख विनाेद खरेलले जानकारी दिए ।