Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

देशभर कम्तीमा १०० को मृत्यु, ७२ बेपत्ता


  • लुम्बिनी चिन्तन
  • आश्विन १३, २०८१ आइतवार
  • 404
    SHARES

देशभर कम्तीमा १०० को मृत्यु, ७२ बेपत्ता

भैरहवा असोज १३/

बिहीबार रातिदेखि परेको वर्षाले मुलकभर एक सय जनाको ज्यान गएको छ भने ७२ बेपत्ता भएका छन् । ३६ जना घाइते भएको गृह मन्त्रालयको रिपोर्ट छ । प्रदेशगत रूपमा हेर्दा कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा मात्रै भएकाले कुनै क्षति नभए पनि बागमती र कोसीमा बढी क्षति पुर्‍याएको छ । मधेश, लुम्बिनी र गण्डकीमा पनि सामान्य क्षति मात्रै भएको छ । 

गृहका अनुसार काठमाडौं उपत्यकासमेत पर्ने बागमतीमा सबैभन्दा बढी क्षति भएको छ । यहाँ ८५ जनाले ज्यान गुमाएका छन् । काठमाडौंमा १२, ललितपुरमा २० र भक्तपुरमा पाँचजना गरी उपत्यकामा मात्रै ३७ जनाको मृत्यु भएको छ । त्यस्तै, ललितपुरमा १५ र काठमाडौंमा ६ जना बेपत्ता छन् भने काठमाडौंमा १० र ललितपुरमा ५ जना घाइते भएका छन् । उपत्यकाभित्रका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु खोला, धोबी खोलामा बढी आउँदा ठूलो मानवीय क्षति भयो । भीषण वर्षासँगै उपत्यकाका सबै नदी–खोलाआसपासका बस्ती डुबानमा परे । कतिपय ठाउँमा पहिरोले समेत क्षति पुर्‍याएको छ । 

बागमतीकै धादिङमा १६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । त्यस्तै, काभ्रेमा १४ जनाको ज्यान गएको छ भने २६ जना बेपत्ता र १८ घाइते भएका छन् । पनौती हुँदै बग्ने रोशी खोलामा आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । बनेपा, तेमाल, बेथानचोक, पनौती, नमोबुद्धलगायत क्षेत्रमा पनि बाढीले असर पुर्‍याएको छ । 

बागमतीकै सिन्धुपाल्चोकमा चार, मकवानपुरमा १० र दोलखामा ४ जनाको मत्यु भएको छ भने सिन्धुपाल्चोकमा पाँच, दोलखा तीन र सिन्धुलीमा दुईजना बेपत्ता भएका छन् । मकवानपुरमा एक बेपत्ता छन् । भारी वर्षापछि मकवानपुरको पहाडी र नदीतटीय क्षेत्र, धादिङको गजुरी, नौबिसेलगायत ठाउँमा बाढीले विश्वंश मच्चाएको छ । सिन्धुलीको खुर्कोटमा सुकोशीको बाढी पसेर ४२ घर पुरिएका छन् । 

भीषण वर्षाका कारण कोशी प्रदेशमा पनि मानवीय क्षति भएको छ । गृहको तथ्यांकअनुसार पाँचथरमा सात, धनकुटामा दुई, झापामा दुई, सोलुखुम्बुमा दुई र सुनसरीमा एकजनाको मत्यु भएको छ । त्यस्तै, पाँचथरमा पाँच र झापामा चार बेपत्ता भएका छन् । यसपालिको वर्षाले मधेश र लुम्बिनी प्रदेशमा भने तुलनात्मक रूपमा कम क्षति भएको छ । मधेशको महोत्तरीमा पनि एक जनाको मृत्यु भएको छ भने लुम्बिनीको रुपन्देहीमा दुईजना बेपत्ता भएका छन् । 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सकेसम्म क्षति न्यूनीकरणका लागि सरकार लागेको दाबी गरे । ‘तीन दिनदेखि लगातार वर्षा भयो । विशेषगरी बागमती प्रदेश र काठमाडौं उपत्यकाभित्रका नदीतटीय क्षेत्रमा भीषण बाढी आयो । बाढीका कारण ठूलो संख्यामा मानवीय क्षति हुन पुग्यो,’ उनले भने, ‘यद्यपि, उद्धार कार्यमा सुरक्षाकर्मी खटिएका छन् । सकेसम्म क्षति न्यूनीकरण गर्ने प्रयास जारी छ ।’

गृहका अनुसार लगातारको वर्षाका कारण मुलुकभरका साना–ठुला गरी ४२ राजमार्ग अवरुद्ध बनेका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार