Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन


  • लुम्बिनी चिन्तन
  • आश्विन १२, २०८१ शनिवार
  • 308
    SHARES

उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

भैरहवा असोज १२/

अविरल वर्षापछि आएको बाढीपहिरो, डुबानलगायतका प्राकृतिक विपद्बाट जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन्।

नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बलबाट दश हजार पाँच सय ४० जना सुरक्षाकर्मी उद्धारमा परिचालित भएका हुन्। नेपाली सेनाले समेत उद्धार कार्यमा सक्रिय भूमिका निभाइरहेको छ। तर, उनीहरूको संख्या बताइएको छैन।

विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा, विपदमा परेकाहरूको खोज तथा उद्धार र स्वास्थ्य उपचारमा ती सुरक्षाकर्मी सक्रिय रूपमा परिचालित भएका छन्।

सुरक्षाकर्मीले हालसम्म बाढीपहिरो र डुबानबाट प्रभावित एक हजारभन्दा बढी नागरिकको सकुशल उद्धार गरेको गृह मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा मात्रै नेपाल प्रहरीका चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलका तीन हजार पाँच सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। 

नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चारजनाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ। सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ भने राष्ट्रिय अनुसन्धान विभाग सुचना संकलनमा सक्रिय छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्धार गरिएको जानकारी दिए। यसअघि गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लाग्न निर्देशन दिएका थिए। यस्तै, बाढीपहिरोमा अवरुद्ध सडक खुलाउन पनि सम्बन्धित निकायलाई गृहमन्त्रीले निर्देशन दिएका थिए।


लुम्बिनी चिन्तन

थप समाचार