Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

संविधान दिवसका अवसरमा भैरहवामा झण्डोत्तलन र प्रभातफेरि


  • लुम्बिनी चिन्तन
  • आश्विन ३, २०८१ बिहिवार
  • 370
    SHARES

संविधान दिवसका अवसरमा भैरहवामा झण्डोत्तलन र प्रभातफेरि

भैरहवा असोज ३/
संविधान दिवस–२०८१ को अवसरमा भैरहवामा झण्डोत्तलन र प्रभातफेरि कार्यक्रम गरिएको छ । सिद्धार्थनगर–१ बेलहियामा झण्डोत्तलन गरी त्यहाँबाट भैरहवास्थित देवकोटाचोकसम्म प्रभातफेरि कार्यक्रम गरिएको थियो ।
जिल्लास्तरीय कार्यक्रम आयोजक समिति रुपन्देहीको आयोजनामा भएको प्रभातफेरि कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, उद्योगी–व्यवसायी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायत सहभागी थिए । 
नवौं संविधान दिवसको अवसरमा प्रभातफेरि पछि आयोजित कार्यक्रमा जिल्ला समन्वय समिति रुपन्देहीका सभापति उमाकान्त चपाईले संविधान कार्यान्वयन अहिलेको आवश्यकता भएको जनाए । 
सिद्धार्थनगर नगरपालिकाका प्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले संविधान मुलुक र हरेक नागरिकको आत्मा भएको बताए । आत्मा चलाएर राम्रो नहुने भन्दै उनले संविधान अक्षरण कार्यान्वयनमा जोड दिए । 

sambidhan 2.jpg
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संविधानले सबैको भावना समेटेको जनाए । सबै मिलेर संविधानको सफल कार्यान्वयन र संविधानप्रदत अधिकार जनतालाई अनुभूति हुने गरी प्रदान गरिनुपर्नेमा जोड दिए ।
सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले संविधानले दिएको अधिकार समेत महिलाहरुलाई दिन नखोजिएको भन्दै अधिकार प्राप्तीका लागि आफै अघि सर्नुपर्नेमा जोड दिइन् ।


दिवसका अवसरमा डण्डा गेट देखी देवकोटाचोकसम्म पैदल यात्रा सहित प्रभातफेरि निकालिएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार