Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीमा कोभिड संक्रमण बढ्याे

भैरहवाको युवा तथा विद्यार्थीमा संक्रमण, सजग हुन स्वास्थ्यको आग्रह


  • लुम्बिनी चिन्तन
  • चैत्र २८, २०७७ शनिवार
  • 744
    SHARES

रुपन्देहीमा कोभिड संक्रमण बढ्याे

भैरहवा ।  रुपन्देहीमा विगत केही दिन कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । भारतमा तिव्र गतिमा बढेको संक्रमणले नेपालमा पनि कोरोनाको दोस्रो अध्याय शुरु भइसकेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दै गएसँगै रुपन्देहीमा शुन्यमा झरेको संक्रमण विस्तारै उकासिदै गएको छ । पछिल्लो ३ दिनमा रुपन्देहीको संक्रमण पनि तिव्र छ,  बुधबार ६ जनामा देखिएको संक्रमण बिहीबार ९ जना र शुक्रबार थप १५ जनामा देखिएको छ । पछिल्लो एक सातामा रुपन्देहीमा मात्रै ३२ जना पुरुष र २४ जना महिला गरी ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
शुक्रबार थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७१ पुगेको छ । अहिले पहिला भन्दा अलि फरक प्रकृतिको संक्रमण छ, युवा तथा विद्यार्थीहरुमा बढि संक्रमण पाइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए । नयाँ भेरियन्ट हो वा पुरानै हो भन्ने अवस्था छैन तर बच्चा र तल्लो उमेर समूहमा संक्रमण देखिएको छ गिरीले भने ।
अहिले विद्यार्थी समूहमा पनि संक्रमण देखिएको छ, भैरहवामा संक्रमितको ट्रेसमा परेका विद्यार्थीहरुमा पनि थप संक्रमण पुष्टि भएकोले हामी सबै सतर्क हुन जरुरी छ गिरीले भने ।
हामीले सबै स्थानीय तहलाई निगरानी बढाउने, बाहिरबाट आएकालाई क्वारेन्टिन गर्ने, संकास्पदको परिक्षण गरी आइशोलेशनमा राख्ने, कन्ट्रयाक्ट टे«सिङ गर्ने काम गरिरहेका छौ । रुपन्देहीका ४ वटा ल्याबबाट परिक्षण पनि गरिरहेका छौ भने आरडिटी एन्टिजिन किटबाट पनि परिक्षणलाई पालिका स्तरसम्म पठाएका छौ प्रमुख गिरीले भने ।
निजी ल्याब सहित लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रिर्पोट अनुसार रुपन्देहीका विभिन्न ५ स्थानीय तहमा १५ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
शाहका अनुसार सबै भन्दा बढि बुटवल उपमाहानगरपालिकामा ५ महिला र ४ पुरुष गरी ९ जना संक्रमित शुक्रबार थपिएका छन । त्यस्तै सिद्धार्थनगर नगरपालिका क्षेत्रमा २ महलिा र १ पुरुष गरी ३ जना, सियारी, मायादेवी र कंचन गाँउपालिकामा १÷१ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ९ हजार १ सय ९६ पुगेको छ ।
कार्यालयले दिएको तथ्याङ अनुसार हाल सम्म १५६ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट ८ हजार ९ सय ६९ जना निको भएर फर्किसकेका छन, ७१ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन ।

 


लुम्बिनी चिन्तन

थप समाचार