Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

सिद्धार्थनगर वडा नम्बर २ मा पृथ्वी पार्क निर्माण गरिने


  • लुम्बिनी चिन्तन
  • चैत्र २७, २०७७ शुक्रवार
  • 612
    SHARES

भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा पृथ्वी पार्क निर्माण गरिने भएको छ । पार्क निर्माणका लागि गठन गरिएको पृथ्वी पार्क निर्माण समितिको विहीवार भैरहवामा सम्पन्न भएको बैठकले पार्क निर्माणको लागि डि.पि.आर.को काम अगाडि बढाउने गरी पार्कभित्र नेपाल एकिकरण कर्ता पृथ्वीनारायण शाहको शालिक राख्ने निर्णय समेत गरेको छ ।

जसका लागि भरत पोख्रेलको संयोजकत्वमा शालिक निर्माण उपसमिति गठन गरिएको छ । उपसमितिका सदस्यमा विजय गोविन्द श्रेष्ठ,शेर बहादुर क्षेत्री,गोपाल शर्मा,लक्ष्मी अर्याल,देवेन्द्र शाह,मिलन वस्नेत,सम्झना शर्मा,शान्ति अधिकारी रहेका छन् ।

सिद्धार्थनगर नरपालिका वडा नम्बर २ मेउडिहवामा रहेको खाली जमिनमा पार्क निर्माण गर्ने र यसको नामाकरण पृथ्वी नारायण शाहको नामबाट राख्ने यस अघि नै नगरपालिकाले निणर्य गरेको थियो ।

स्थानीय तह,प्रदेश सरकार,विभिन्न दाताहरुको सहयोगमा आर्कषक पार्क निर्माण गरिने पार्क निर्माण समितिका संयोजक भिमराज अधिकारले जानकारी दिए । नेपाल भारत सिमा क्षेत्रमा रहेको उतm राखी जमिनमा व्यवस्थित पार्क निर्माण गर्न सके यसले पर्यटकहरुलाई तान्न सक्ने संयोजक अधिकारीले बताए ।

पृथ्वी पार्कको विच भागमा ठुलो पृथ्वी नारायण शाहको शालिकले यसको महत्व अझ बढाउने शालिक निर्माण उपसमितिका संयोजक भरत पोख्रेलले बताए ।  बैठकमा पार्क निर्माण समितिका उपाध्यक्ष मिना क्षेत्री,महासचिव गोपाल शर्मा,सचिव लक्ष्मी अर्याल,कोषाक्ष्य देवेन्द्र शाह लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार