Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसद्धारा ४७ प्वाइण्ट रगत संकलन


  • लुम्बिनी चिन्तन
  • भाद्र ११, २०८१ मंगलवार
  • 600
    SHARES

युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसद्धारा ४७ प्वाइण्ट रगत संकलन


भैरहवा भदौ ११/
नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा ‘खुल्ला रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ । 
युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसको अध्यक्ष नरेश उपाध्यायको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले गर्नुभएको थियो । 
कार्यक्रममा प्रमुख अतिथी गुरुङ्गले सदैव मानविय सेवामा समर्पित रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर रगतको अभाव हुन नदिई विरामीको ज्यान जोगाउन महत्वपुर्ण र पवित्र कार्य गरेको बताउनुभयो ।

3 (1).jpeg
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको अध्यक्ष राकेश गुरुङ्ग, नयाँगाउँ रानीगाउँ गाउँ समाजका अध्यक्ष याम बहादुर थापाले मानव जीवनमा रगतको महत्व, यसको सोधभर्ना, मानवीय कार्यमा रेडक्रसले खेलेको भुमिकाको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । साथै कार्यक्रममा बेलहिया उपशाखाका पूर्व अध्यक्ष सुमन शर्मा, सचिव माधव शर्मा, सदस्य राजु खड्का, प्रतिक थापा मगर, अविचल जंग के।सी।, गौरव थापा लगायतको उपस्थिति रहेको थियो । 
रक्तदान कार्यक्रम मार्फत कुल ४७ प्वाइण्ट रगत संकलन गरिएको थियो भने कार्यक्रम संयोजक अस्मिता के।सी।कोे स्वागत तथा रणसिंह सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।report.04_25_16_25.Still014.jpg


लुम्बिनी चिन्तन

थप समाचार