Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

ब्लडमनि तिरेर साउदीजेल बाट मुक्त भएका यादव पिडित परिवार र रुपन्देही बासीसंग माफी माग्न रुपन्देही आए


  • लुम्बिनी चिन्तन
  • भाद्र १०, २०८१ सोमवार
  • 400
    SHARES

ब्लडमनि तिरेर साउदीजेल बाट मुक्त भएका यादव पिडित परिवार र रुपन्देही बासीसंग माफी माग्न रुपन्देही आए


भैरहवा भदौ १०/

साउदीमा रहदा आफुसंगै बस्ने साथीको हत्यामा संम्लग्न भएको अभियोगमा मृत्युदण्डको सजाय भोगिरहेका धनुषा राम आशिष यादव स्वदेश फर्किए लगतै रुपन्देही वासी र पिडित परिवार संग माफी माग्न सोमबार भैरहवा आएका छन् । 
रुपन्देही कन्चन गाउँपालिका वडा नम्बर ४ का दुर्गा प्रसाद शर्माको हत्या आरोपमा फाँसीको सजाय कुरिरहेका धनुषा जिल्ला जनकपुर उप महानगरपालिका वडा नम्बर १७ बस्ने राम आशिष यादवको जिवन रक्षाका लागी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल , उधोग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा , सिदार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अगुवाईमा शर्मा परिवारलाई ४६ लाख २५ हजार रुपैया ब्लड मनि तिरिदिएर यादवलाई फासीको सजाय बाट छुटाईएको थियो ।
रुपन्देही आएका यादवले हात जोडेर रुपन्देहीको बासिन्दा र दुर्गा दाईको परिवारबाट माफी माग्दछु, मलाई माफ गरिदिनुहोस भने । एउटै कम्पनीमा काम गर्ने क्रममा झगडाको क्रममा धकेला धकेल हुदा अन्जानमै दुर्गा दाईको ज्यान गएको थियो उनले भने । दाई ज्यान गयो त्यही जिल्लाका मानिहरुले मेरो ज्यान जोगाईदिनु भो म माफी माग्नका लागी आएको छु जिल्ला प्रसाशन कार्यालय रुपन्देहीको सभाहलमा भने । 
एक दिन मदिरा पिए पछि जनै तानेको विषयमा झगडा हुदा दुर्गा दार्ईलाई धकेलेको र सोही क्रममा दाई स्टिलको रडमा खसेको कारण मृत्यु भएको यादवले बताए । यादवलाई साउदी अरबको अदालतले ५ वर्षको जेल सजाय तोेकी त्यसपछि फासी दिने सजाय सुनाएको थियो । पिडित परिवारलाई ब्लम मनि दिएर सहमति गर्न सके फासीको सजाय माफ हुने प्रावधान अनुसार रामआशिषको परिवार दुर्गा शर्माको परिवारलाई भेट्न रुपन्देही आएका थिए । 
गत असार २५ मा पीडित परिवारसँग ब्लडमनीमा सम्झौता भयो र उनको ज्यान बच्यो । त्यसपछि जेलमुक्त भएर यादव नेपाल आएका हुन् । गत हप्ता काठमाडौं ओर्लिएका यादव सोमबार जनकपुरबाट श्रीमती, छोरीहरु र आफन्तसहित रुपन्देही आएर जिल्ला प्रशासन मार्फत् गल्तीको प्राश्चित गर्दै पीडित परिवारसँग माफी मागेका छन् ।


‘म नेपाल फर्किन्छु भनेर सोंचेको पनि थिइनँ’यादवले भने । ‘मलाई जुन किसिमले सीता भाउजुले माफी दिनुभयो, यो कहिल्यै बिर्सिन सक्दैनँ । यसका लागि उहाँलाई मैले कसरी माफी मागौं । कहाँ गएर माफी मागौं यादवले भने । ब्लडमनी जुटाउन सहयोग गर्ने प्रमु्ख जिल्ला अधिकारी र रुपन्देहीका उद्योगी–व्यवसायीलाई कहिल्यै बिर्सन नसक्ने जनाए ।
यादवलाई मृत्युदण्डबाट जोगाउन र पीडित परिवारलाई ब्लडमनीवापत रकम उपलब्ध गराउन रुपन्देहीका ३० जना उद्योगी–व्यवसायी र सुरक्षा अधिकारीले गरेर ३६ लाख २५ हजार सहयोग जुटाएका थिए । यादव परिवारले १० लाख रुपैयाँ संकलन गरे । त्यसपछि ४६ लाख २५ हजार रुपैयाँ ब्लडमनी जिल्ला प्रशासनमा गत असार २५ मा मृतककी श्रीमती सीताकुमारी शर्मालाई हस्तान्तरण गरिएको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार