भैरहवा भदौ १०/
सिद्धार्थनगर नगरपालिका वडा नम्बर– ८ का अध्यक्ष राजनजंग राणाले ‘नक्कली छोरी’ बनेर मल्लाह परिवारको जग्गा हत्याउने प्रयासका आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् ।
दिवंगत निःसन्तान सुखु मल्लाह दम्पतीको सम्पत्ति कब्जा गर्न ‘नक्कली छोरी’ बनेर दुई महिला लागिपरेको रुपन्देहीको सिद्धार्थनगर– ६, गल्लामण्डीस्थित एक परिवारले जनप्रतिनिधि, प्रशासक र कर्मचारीको मिलेमतो रहेको पीडित परिवारको दाबी गर्दै आएको छ । सुखुका दाइका छोराहरू लालजीत र सन्त मल्लाहको नाममा गइसकेको अवस्थामा सुखु मल्लाहको सम्पति हत्याउन ‘नक्कली छोरी’हरू रिखीदेवी अग्रवाल र मालती मल्लाहले उक्त जग्गा हत्याउने प्रयास गरेका छन् ।
महिलाको नागरिकताबारे सिद्धार्थनगर–६ बाट सरजमिन गरिनुपर्नेमा सिद्धार्थनगर–८ बाट गरिएको थियो । तर वडा अध्यक्ष राणाले दुई छोरीहरु मध्ये एक जनाको वडानं ८ वाटनै सरजमिन गर्नु पर्ने भएको र प्रहरी बाट आएको कागजातमा मैले हस्ताक्षर गरेको हु यसमा मेरो कुनै सम्लग्नता छैन आईतवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी वडा अध्यक्ष राजन जंग राणले भने । हामी जनप्रतिनिधी हौ केही समय ढिला हुदा त गाली खानु पर्ने अवस्था रहन्छ यो त नेपाल प्रहरीले तयार गरेको कागजात हो त्यसैका आधारमा मैले हस्ताक्षर गरेको हु , बिभिन्न सन्चार माध्यममा समाचार आए पछि मेरो ध्यान आक्रशण भएको छ अवको कानुनि प्रकृयामा मैले साथ दिने हु राणले भने ।
फरक स्थानबाट गरिएको सरजमिनबारे परीक्षण र छानबिनबिनै जिल्ला अदालतले २०८० भदौ २६ मा ‘नक्कली छोरी’ बनेका रिखीदेवी र मालतीको पक्षमा फैसला गरेको मल्लाह दाजुभाइको आरोप छ । ‘प्रहरीबाट सरजमिन गरेर आएको कागजात मैले हस्ताक्षर गरेको हुँ,’ राणाले भने, ‘त्यो कागजात कसरी बने भन्ने कुरा मलाई थाहा भएन । सरजमिन हाम्रो वडाबाट गराउने भूमिकामा मलाई जोडिएको भएता पनि उक्त कार्यमा म कुनै किसिमबाट सहभागी छैन ।’
सरजमिनमा हस्ताक्षर गरेको भए पनि आफू गलत नभएको उनको दाबी छ ।
‘सरजमिनमा मेरो सहीछाप गरेको कुरालाई म स्वीकार गर्दछु,’ राणा भन्छन्, ‘मेरो मिलेमतोको आरोपको खण्डन गर्न चाहन्छु । साथै राज्यले गर्ने सबै प्रकारका छानबिन प्रक्रियामा निष्पक्ष ढंगले सघाउने प्रतिबद्धता व्यक्त गर्दछु पत्रकार सम्मेलनमा राणले भने । कार्यालय अवधिभर कार्यकक्षमा बसेर गर्नुपर्ने नियमित काम र नागरिकको सेवालाई प्राथमिकता दिएको उनले बताए ।
सामाजिक गतिविधिमा संलग्न भएर स्थानीय बासिन्दाका दुखसुःखमा हातेमालो गदै आएको उनको भनाइ छ । कुनै प्रलोभन नराखेर काम गदै आएको उनले प्रस्ट्याए । म २०७४ र २०७९ मा गरी दुई पटक लगातार निर्वाचित वडा अध्यक्ष मैले आज सम्म कुनै काम गर्दा कसै संग आर्थिक लाभ हुने काम गरेको छैन कही कतै वाट प्रमाणीत भए म कार्वाही भोग्न तयार छु राणले भने ।
रिखीदेवी अग्रवालको घर सिद्धार्थनगर ८ मा भएकाले चिनजान भए पनि मालती मल्लाहलाई आफूले नचिनेको वडा अध्यक्ष राणाको भनाइ छ ।