भैरहवा, भादौ ०९ । रोटरी क्लब अफ भैरहवा र रोट्रयाक्ट क्लब अफ भैरहवाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार भैरहवाको जनकपथस्थित गुलमोहर रेष्टुरेण्टमा आयोजित कार्यक्रममा ५९ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ भैरहवाका पूर्वअध्यक्ष पवन पौडेलले बताए ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले रोटरी र रोट्रयाक्ट क्लब अफ भैरहवाले सराहनीय कार्य गरेको बताए । उनले विशेष गरी चाडपर्वको बेला रगतको अभाव हुने गरेको बताए ।
रोटरी क्लब अफ भैरहवा वर्ष २०२४÷०२५ का अध्यक्ष राम प्रसाद पन्थीले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।कार्यक्रम संयोजक पवन पौडेलको स्वागत तथा रोटरी भैरहवाका सचिव श्याम क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा रेडक्रस रुपन्देही शाखाका सदस्य एवं रोटरी भैरहवाका पूर्वअध्यक्ष संजीव शर्मा रेग्मी, क्लबका पूर्वअध्यक्षहरुलगायतले बोलेका थिए ।