७ भदौ, पोखरा ।
भैरहवा, पोखरा हुँदै पशुपतिनाथसम्म यात्रामा निस्किएका भारतीय पर्यटक सवार बस आँबुखैरेनीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।
भारतको गोरखपुर हुँदै नेपालको धार्मिकस्थल घुम्न निस्केका पर्यटकहरु सवार बल तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दीमा खेसेको हो ।चार धाम (बद्री, केदार, गया, काशी) घुमेर फर्किएपछि नेपाल घुम्न निस्किएका ९६ जनाको टोली पोखरा आइपुगेको थियो । नेपालको प्रशिद्ध धार्मिकस्थल मुक्तिनाथदेखि पशुपतिनाथसम्म दर्शन गर्ने योजनाअनुरुप यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।
गाडीमा सवार ४३ मध्ये १६ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये धेरैको अवस्था चिन्ताजनक छ । २७ जनाले ज्यानै गुमाएका छन् । आँबुखैरेनी–२ को ऐनापहाराभन्दा १ सय मिटर वरको घुम्ति कट्नेबित्तिकै सिधा बाटो आउनेबेलामै सडक सुरक्षाका लागि क्र्यास व्यारिएर भत्काउँदै मर्स्याङ्दीमा खसेको हो ।
शवलाई आँबुखैरेनी अस्पतालमै पाल ओछ्याएर राखिएको छ । अर्को गाडीमा रहेका आफन्त कोही अस्पताल त कोही बाहिर आलापबिलाप गरिरहेका छन् । दुर्घटना लगतै उद्धार सुरु गरिएको थियो । त्यसमध्ये पनि बाँच्न सक्ने आशमा १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत २ खेप लगाएर उपचारका लागि काठमाडौं पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । पछिल्लो समय पोखरामात्रै होइन, नेपालकै पर्यटन क्षेत्रमा ठूलो योगदान भारतीय पर्यटकले दिइरहेका छन् ।
गम्भीर घाइते भएर पुरानो मेडिकल चितवन पठाएका एक जनालाई बचाउन सम्भव भएन । उनको शव भरतपुरमै छ । मृत्यु भएकामध्ये २६ जनाको पहिचान भएको छ भने १ जनाको पहिचानसमेत खुल्न नसकेको सिडिओ गौतमले बताए ।
पृथ्वी राजमार्गबाट नपत्याउँदो ठाउँमा मर्स्याङ्दीमा गाडी खसेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘घटनास्थल दुर्घटना हुने सम्भावित अप्ठ्यारो सडकमा पर्दैन । घुम्ती कटेर सिधा बाटो लागिसक्दा तीव्र गतिका कारण बस अनियन्त्रित हुन सक्ने अनुमान गर्न सकिन्छ ।’ गाडी त्रिशुलीमा खसेको लामो समयसम्म उनीहरुको विवरण पत्ता लगाउन सरकारी संयन्त्रलाई आपत परेको थियो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीकाअनुसार सडकमार्ग हुँदै नेपाल घुम्न आउने पर्यटकको एकीन विवरण राख्ने संयन्त्र नहुँदा अप्याठेरो परेको सुनाए ।
घटनामा मृत्यु हुनेको विवरण
१. वर्ष ४५ का सुहास प्रभाकर राणे
२. वर्ष ४२ की सरला सुवास राणे
३. वर्ष ५७ की नीलिमा सुनिल घाडे
४. वर्ष ६२ का तुक्सीराम तायडे
५. वर्ष ४५ की मंगला विलास राणे
६. वर्ष ६० का सुधाकर वकीराम जावके
७. रोहिणी सुधाकर जावके
८. सागर कडु जावके
९. वर्ष ६० की भारती प्रकाश जावके
१०. वर्ष ५० को संदिप राजाराम सरोदे
११. पल्लवी सन्दीप सरोदे
१२. गणेश पाण्डुरंग भारंवे
१३. सुलभा पाण्डुरंग भारंवे
१४. मिनल गणेश भारंवे
१५. वर्ष ६ की परी गणेश भारंवे
१६. नीलिमा चन्द्रकान्त जावके
१७. वर्ष ४४ को पंकज भगवन भंगाके
१८. अनिता अविनाश पाटिल
१९. मुर्तीजा खान
२०. वर्ष २८ को अनुप सरोजे
२१. वर्ष ६० की सरला तुडसिराम ताछेडे
२२. वर्ष ६२ की सुल्क वारमे
२३. रुपाली हेमराज सरोजे
२४. गोकर्णी सन्दीप सरोदे
२५. वर्ष १६ की सदना सुहास राय
२६. सरोज मनोज भिरुक
२७. एकजनाको सनाखत हुन बाँकी
काठमाडौंमा उपचाररत घाइते
१. ६० वर्षीय सुनील झाण्डे
२. ४५ वर्षीया भारती पटेल
३. ३२ वर्षीय अविनाश पटेल
४. ४५ वर्षीया रेखा कोटी
५. ५५ वर्षीय न्यारेश्वर नोन्डे
६. ५८ वर्षीय आनन्द इक्ले
७. ६० वर्षीया आशा पाण्डुरा पटेल
८. ६० वर्षीया शारदा पटेल
९. ५५ वर्षीय प्रवीण पटेल
१०. ५६ वर्षीय हेमराज सरौती
११. ५८ वर्षीया आशा बोन्डे
१२. ४३ वर्षीया रूपाली सरौदी
१३. ५६ वर्षीय हेमराज सरोद
१४. ४५ वर्षीय सिम अनन्तास्कन्डे
१५. ६७ वर्षीया कुमोदिनी झाप्रे
१६. ४२ वर्षीय नेलिमा घेरोङ