Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

साई ग्लोबल एकेडेमीको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन सम्पन्न


  • लुम्बिनी चिन्तन
  • भाद्र २, २०८१ आइतवार
  • 572
    SHARES

साई ग्लोबल एकेडेमीको  २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन सम्पन्न

भैरहवा, भाद्र ०२ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बसडिलियास्थित साई ग्लोबल एकेडेमी साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेजको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको अधिवेशनले दिनेशमान अमात्यको अध्यक्षतामा विद्यालय सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको प्रबन्ध निर्देशक (एम.डी.) मा मोती प्रसाद पौडेल निर्वाचित भएका छन् । प्रबन्ध निर्देशकमा यसअघि पनि सोही पदमै रहेका पौडेलले दोस्रो कार्यकालका लागि जिम्मेवारी पाएका छन् ।त्यस्तै सञ्चालक समिति सदस्यहरुमा पार्थिवेन्द्र उपाध्याय, कृष्ण मोहन कोहार, प्रकाश पाण्डे, डा. राजेन्द्र राउत, सरोज कमल श्रेष्ठ र केशव शर्मा बेलवासे रहेको एकेडेमीले जनाएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार