Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • लुम्बिनी चिन्तन
  • श्रावण २९, २०८१ मंगलवार
  • 498
    SHARES

दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

भैरहवा, साउन २९ । नवलपरासी पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा सडक भासिएको छ । नवलपुरको दाउन्नेमा सोमबार राति सडक भासिदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । उक्त सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । भासिएको स्थानमा मर्मतका लागि मंगलबार दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको छ ।  यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय नवलपरासीले अनुरोध गरेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार