Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा पोखरेल, आयो मिश्रित नतिजा


  • लुम्बिनी चिन्तन
  • चैत्र २६, २०७७ बिहिवार
  • 616
    SHARES

पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा पोखरेल, आयो मिश्रित नतिजा

भैरहवा । पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा रामराज पोखरेल निर्वाचित भएका छन । बुधबार बुटवलमा भएको निर्वाचनबाट आगामी तीन वर्षका लागि पोखरेल निर्वाचित भएका हुन । लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिएका पोखरेलले १६३ मत ल्याई विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी साझा प्यानलका दिनेश पाण्डेले १२० मत ल्याएका छन ।
त्यस्तै उपाध्यक्ष तर्फ १९४ मत ल्याई विश्वास ढकाल, महिला उपाध्यक्ष पदमा १४९ मत ल्याई अृमता अन्मोल, कोषाध्यक्षमा १५२ मत ल्याई संजय सौगात, सचिव पदमा १८५ मत ल्याई विनोद परियार निर्वाचित भएका छन । त्यस्तै सहसचिवमा विरेन्द्र कुँवरले १६७ मत  र  समावेशी महिला सह–सचिवमा १८५ मत ल्याई माया केसी निर्वाचित भएकाी छन ।
यस्तै खुल्ला सदस्यमा प्रदिप आचार्य, कबिराज  (कपिल)अधिकारी, थानेश्वर घिमिरे, मोतिराम न्यौपाने, प्रकाश पाण्डे, पुनहरि बेल्वासे, प्रकाश आचार्य, शंकर पाण्डे महिला सदस्यमा हरिकला अधिकारी, जनजाति सदस्यामा राज चौधरी, मधेसी सदस्यमा राधेश्याम विश्वकर्मा निर्वाचित भएका छन ।
नेतृत्वका लागि प्रेस यूनियन नेपाल, प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघको गठबन्धनबाट लोकतान्त्रिक प्यानल र  प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चको गठबन्धनबाट साझा प्यानल प्रतिस्पर्धामा गएका थिए । निर्वाचनबाट एक पादधिकारी र एक सदस्य साझा प्यानलबाट निर्वाचित भए पनि अन्य सबै उम्मेदवार लोकतान्त्रिक प्यानलबाट विजयी भई निर्वाचित भएका छन ।


लुम्बिनी चिन्तन

थप समाचार