भैरहवा । पत्रकार महासंघ रुपन्देहीको मतदान सम्पन्न भएको छ । आज बिहान ९ बजेबाट भएको मतदानमा ३०२ जनाले मतदान गरेका हुन ।
कुल ३१३ मतदाता मध्ये रहेको रुपन्देहीबाट ९६।४९ प्रतिशत मतदान भएको निर्वाचन संयोजक नारायण सापकोटाले जानकारी दिए ।
रुपन्देही शाखामा नेतृत्वका लागि दिनेश पाण्डे र रामराज पोखरेल अध्यक्षका लागि उम्मेदवारी दिएका छन । साझा प्यानलबाट हालका उपाध्यक्ष दिनेश पाण्डे र संयुक्त लोकतान्त्रिक प्यानलबाट पूर्व उपाध्यक्ष रामराज पोख्रेलको उम्मेदवारी रहेपनि दुबै बिच कडा प्रतिस्पर्धा देखिएको छ ।
पाण्डे नेतृत्वको प्यानलमा प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चको समर्थन छ भने पोखरेल नेतृत्वको प्यानलका लागि प्रेस यूनियन नेपाल, प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघको समर्थन भएकोे छ । निर्वाचनको परिणाम कस्को पक्षमा जाने भन्ने चासोको रुपमा लिएका छन । प्यानलमा मत आउछ कि आउदैन भन्ने तर्फ दुवै प्यानलका लागि दुविधा बनेको छ ।
अध्यक्षका उम्मेदवार मध्ये पाण्डे प्रधानमन्त्री ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीका हुन् भने पोखे्रल प्रेस युनियनको तर्फबाट उम्मेदवार हुन् । आगामी ३ वर्षे कार्यकालका लागि उपाध्यक्षमा विश्वास ढकाल र हेम बहादुर पछाई दिपेश को उम्मेदवारी छ । महिल उपाध्यक्षमा अमृता अनमोल र सञ्जु पौडेल, सचिवमा पदका लागि लक्ष्मण पोखरेल र विनोद परियार, सहसचिव खुल्लामा केशव भण्डारी र विरेन्द्र कुवर, सहसचिव (समावेश) तर्फबाट गोविन्दबहादुर घर्ती र माया केसी, कोषाध्यक्ष पदका लागि संजय सौगात र स्वस्तिक श्रेष्ठको उम्मेदवारी छ । यसैगरी समावेशी तर्फबाट महिला सदस्यमा रेनुका गिरी र हरिकला अधिकारी कमला, दलित सदस्यमा टक बहादुर सुनार र राजकुमार धवल, अदिवासी जनजाती सदस्य पदका लागि दिनेश कुमार श्रेष्ठ र राजाराम चौधरी, मधेशी दिीयमा रबिन्द प्रताप गुप्ता र राधेश्याम विश्वकर्मा, समावेशी सदस्य तर्फ कृष्ण प्रसाद खनाल र सलमान खानको उम्मेदवारी छ ।
यसैगरि खुल्ला सदस्यहरुमा ८ पदका लागि १४ जनाको उम्मेदवारी छ, सदस्यका लागि कविराज अधिकारी कपिल, तुल्सीराम पौडेल, थानेश्वर घिमिरे नविन, नरबहादर (एन.बी) कंडेल, विकास पराजुली, प्रकाश आचार्य, , मिना पाण्डे (अस्मिना) शिव डुम्रे, शंकरप्रसाद पाण्डे, मोती न्यौपाने, प्रदीप आचार्य, प्रकाश पाण्डेय, पुनहरि बेलबासे र मानबहादुर कुंवरले उम्मेदवारी दिएका छन् ।