Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रोट्रयाक्ट  क्लब अफ सेन्ट्रल लुम्बिनीको आठौं पदस्थापना समारोह सम्पन्न


  • लुम्बिनी चिन्तन
  • श्रावण १८, २०८१ शुक्रवार
  • 460
    SHARES

रोट्रयाक्ट  क्लब अफ सेन्ट्रल लुम्बिनीको आठौं पदस्थापना समारोह सम्पन्न

भैरहवा, साउन १८ । रोट्रयाक्ट  क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो आठौं पदस्थापना समारोह सम्पन्न गरेको छ । कार्यक्रममा २०२३÷०२४ का अध्यक्ष रोट्रयाक्टर सचिन रेग्मीज्यूले वर्ष २०२४/०२५ कि अध्यक्ष रोट्रयाक्टर मिना पराजुलीज्यूलाई अध्यक्षको पदको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो। नि वर्तमान अध्यक्ष रोट्रयाक्टर सचिन रेग्मी ले आफ्नो कार्यकाल अन्तर्गत  ५८ वटा कार्यक्रम गर्नुभएको थियो। आफ्नो कार्यकाल का सदस्यहरूलाई सर्टिफिकेट प्रधान गर्नुको  साथै  उत्कृष्ट कार्य गर्ने हरूलाई अवार्ड दिनुका साथै आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सम्पूर्ण लाई धन्यवाद दिनुभएको थियो। आउने अध्यक्ष लाई शुभकामना दिँदै आफ्नो साथ सहयोग सधैँ रहने बताउनुभएको छ। वर्तमान अध्यक्ष मिना पराजुलीलाई संस्थापक अध्यक्ष रोटरियन बिमल सेन्चुरी ले सपथ ग्रहण गराउनु भएको थियो भने संस्था मा जोडिनुभएका नयाँ सदस्यलाई जोन सत्रका जेड‌ आर आर रोट्रयाक्टर‌ अकित पौडेल ले शपथ ग्रहण गराउनु भएको थियो।कार्यक्रमका प्रमुख अतिथि  डिस्ट्रिक्ट कम्युनिटी चेयर रोटिरियन कृष्णप्रसाद पाण्डेज्यू ले यस्तो सरानिय काम ले समाजमा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीलाई अझै उचाइमा पु¥याएको बताउनु भएको छ।अब आउने भावी दिनहरूमा पक्कै पनि युवा नेता को खाँचो नरहने बताउनुभएको छ। उहाँले नै वर्तमान अध्यक्षलाई बधाई दिँदै वर्तमान अध्यक्ष मिना पराजुलीलाई शुभकामना  दिनुभएको साथै आफूलाई सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो। वर्तमान अध्यक्ष मिना पराजुलीले आगामी दिनमा युवाहरुलाई समेटेर नेतृत्व विकास  सेवामा आफ्नो भूमिका निभाउने प्रतिबद्धता जनाउनुभएको छ।विशिष्ट अतिथिमा असिस्टेन्स गोर्भनर रोटरियन सञ्जीव शर्मा रेग्मी जोन सत्रका जेड‌ आर आर रोट्रयाक्टर‌ अकित पौडेल,शोभा पराजुली,  तुलसीराम पराजुली, गीतादेवी न्यौपाने, विष्णु पराजुली रआशमा बस्यालज्यूको आतिथ्यता रहेको थियो।  कार्यक्रमका संयोजक रोट्रयाक्टर कृष्ण निषाद  हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालक रोट्रयाक्टर मनोज यादव र रोट्रयाक्टर धीरज मरासिनी ज्यूको रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार