Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

अध्यक्षका लागि २ जना भिड्दै, मतदान सुरु


  • लुम्बिनी चिन्तन
  • चैत्र २५, २०७७ बुधवार
  • 1.8K
    SHARES

अध्यक्षका लागि २ जना भिड्दै, मतदान सुरु

भैरहवा ।  पत्रकार महासङ्घ रुपन्देहीको अध्यक्षका लागि २ जनाले उम्मेदवारी दिइ मैदानमा उत्रेका छन  । साझा प्यानलबाट हालका उपाध्यक्ष दिनेश पाण्डे र संयुक्त लोकतान्त्रिक प्यानलबाट पूर्व उपाध्यक्ष रामराज पोख्रेलको उम्मेदवारी दिएका हुन । अध्यक्षका उम्मेदवार मध्ये पाण्डे प्रधानमन्त्री ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीका हुन् भने पोखे्रल प्रेस युनियनको तर्फबाट उम्मेदवार हुन् ।umedwar.png

आगामी ३ वर्षे कार्यकालका लागि उपाध्यक्षमा विश्वास ढकाल र हेम बहादुर पछाई दिपेश को उम्मेदवारी छ । महिल उपाध्यक्षमा अमृता अनमोल र सञ्जु पौडेल, सचिवमा पदका लागि लक्ष्मण पोखरेल र विनोद परियार, सहसचिव खुल्लामा केशव भण्डारी र विरेन्द्र कुवर, सहसचिव (समावेश) तर्फबाट गोविन्दबहादुर घर्ती र माया केसी, कोषाध्यक्ष पदका लागि संजय सौगात र स्वस्तिक श्रेष्ठको उम्मेदवारी छ । यसैगरी समावेशी तर्फबाट महिला सदस्यमा रेनुका गिरी र हरिकला अधिकारी कमला, दलित सदस्यमा टक बहादुर सुनार र राजकुमार धवल, अदिवासी जनजाती सदस्य पदका लागि दिनेश कुमार श्रेष्ठ र राजाराम चौधरी, मधेशी दिीयमा रबिन्द प्रताप गुप्ता र राधेश्याम विश्वकर्मा, समावेशी सदस्य तर्फ कृष्ण प्रसाद खनाल र सलमान खानको उम्मेदवारी छ । 170250740_504079120624338_1216614274890465236_n.jpg
यसैगरि खुल्ला सदस्यहरुमा ८ पदका लागि १४ जनाको उम्मेदवारी छ, सदस्यका लागि कविराज अधिकारी कपिल, तुल्सीराम पौडेल, थानेश्वर घिमिरे नविन, नरबहादर (एन.बी) कंडेल, विकास पराजुली, प्रकाश आचार्य, , मिना पाण्डे (अस्मिना)  शिव डुम्रे, शंकरप्रसाद पाण्डे,  मोती न्यौपाने, प्रदीप आचार्य, प्रकाश पाण्डेय, पुनहरि बेलबासे र मानबहादुर कुंवरले उम्मेदवारी दिएका छन् । 
आगामी नेतृत्वका लागि पाण्डे नेतृत्वको प्यानलमा प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चको समर्थन रहेको छ भने पोखरेल नेतृत्वको प्यानलका लागि प्रेस यूनियन नेपाल, प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघको समर्थन रहेको छ ।
३१३ मतदाता रहेको रुपन्देहीमा विहान ९ बजेबाट रुपन्देही व्यापार संघको कार्यालय परिसरमा मतदान सुरुभएको निर्वाचन संयोजक नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

170295747_370275297460732_1755788258228660300_n.jpg
देशभरि निर्वाचन 
प्रत्यक्ष मतदानबाट आज नेपाल पत्रकार महासङ्घको चुनाव हुँदै छ । पहिलो पटक हुन लागेको प्रत्यक्ष प्रणलीको चुनावका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । ५ बजे सम्म हुने मतदानका लागि केन्द्रमा ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी दिएका छन । महासङ्घको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लास्तरको निर्वाचनमा १३ हजार १सय २२ मतदाता छन् । 
जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकै पटक निर्वाचन हुदै छ । त्यसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको छ ।
महासङ्घको केन्द्रीय अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ । गजेन्द्रसिंह बुढाथोकी, विपुल पोख्रेल र निर्मला शर्माको उम्मेदवारी छ । अध्यक्षका उम्मेदवारमध्ये बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन् भने शर्मा प्रधानमन्त्री ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीकी हुन् । कांग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल अध्यक्षको मैदानमा छन् । वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, ध्रुव लम्साल र रमेश विष्टको उम्मेदवारी छ । महिला उपाध्यक्षतर्फ दाना सुवेदी र बाला अधिकारीको उम्मेदवारी छ ।

170615324_450695346239829_3684597335635200746_n.jpg
यस्तै, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, शीतलप्रसाद महतोको उम्मेदवारी छ । महासचिव पदका लागि बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी र सुवोध गौतमले उम्मेदवारी दिएका छन् ।
खुला सचिवतर्फ गोविन्दप्रसाद चौलागाईं, जन्मदेव जैसी, रामप्रसाद शर्मा र रामकृष्ण ज्ञवालीको उम्मेदवारीे छ । महिला सचिवतर्फ निमा काफ्ले, सिर्जना अर्याल उम्मेदवार बनेका छन् भने जनजाति सचिवमा नारायण सुन्दर किलम्बु, रामकुमार श्रेष्ठ र शाहीमान राईको उम्मेदवारी छ । मधेसी सचिवमा दीपेन्द्र चौहान, देवकुमार यादव र स्वेता सिन्हा उठेका छन् । दलित सचिवमा मधु शाही र हेमकर्ण विकको उम्मेद्वारी छ भने कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, कृष्ण गिरी, प्रकाश थापा र माधव दुलालको उम्मेदवारी छ ।


लुम्बिनी चिन्तन

थप समाचार