Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

काठमाडौंको बल्खु खोलाले बगाउँदा एकजनाको मृत्यु


  • लुम्बिनी चिन्तन
  • श्रावण १६, २०८१ बुधवार
  • 490
    SHARES

काठमाडौंको बल्खु खोलाले बगाउँदा एकजनाको मृत्यु

भैरहवा, साउन १६ । गएराती आएको भिषण वर्षाले काठमाडौंको बल्खु खोला डुबानमा परेको छ । बाढीमा परी एकजनाको मृत्यु भएको छ। प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो। मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ।  काठमाडौं उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो। बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार