Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रदेशस्तरीय यु–१६ क्रिकेट : गुल्मी र रोल्पा विजयी


  • लुम्बिनी चिन्तन
  • चैत्र २४, २०७७ मंगलवार
  • 552
    SHARES

प्रदेशस्तरीय यु–१६ क्रिकेट : गुल्मी र रोल्पा विजयी

भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालमा जारी प्रदेशस्तरीय टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा गुल्मी र रोल्पा विजयी भएका छन् । गुल्मीले रुकुमलाई ३३ रन र रोल्पाले अर्घाखाँचीलाई १५ रनले पराजित गर्दै जित निकालेका हुन् ।

टस हारेर व्याटिङको निम्तो पाएको गुल्मीले ४ विकेटको क्षतिमा १२७ रनको योगफल बनाएको थियो । उसका लागि म्यान अफ द म्याच समेत रहेका प्रशान्त श्रेष्ठले ५६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए । बलिङमा रुकुमका सनिस केसी र गणेश डडेलले समान २÷२ विकेट लिए ।प्रतिउत्तरमा रुकुम १६ ओभर ३ बलमा अलआउट हुँदै ९४ रनमै समेटियो । उसका लागि युवराज खत्रीले ३६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा गुल्मीका नवीन हिताङले ३, सुमित गुरुङ र प्रशान्त श्रेष्ठले समान २÷२ विकेट लिए ।3.jpg

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको रोल्पाले ६ विकेटको क्षतिमा १३० रन बनायो । उसका लागि अंकित बुढामगरले ५३, हस्त माली पुनमगरले २२ र हिमाल सुहारले १० रन बनाए । बलिङमा अर्घाखाँचीका पदम मुखियाले ३ र विवेक पौडेलले १ विकेट लिए ।

प्रतिउत्तरमा अर्घाखाँची ९ विकेटको क्षतिमा ११५ रनमै सीमित भयो । जसमा सुमन खड्काले २२, सागर खत्रीले २१ र कमल घिमिरे १५ रन बनाए । बलिङमा रोल्पाका अजय डाँगीले ४ ओभरमा २ मेर्डन राख्दै ५ रन खर्चेर ४ विकेट लिए । यस्तै, किसान भारतीले २, हिमाल सुनार, हस्त माली पुनमगर र प्रवेश गिरीले समान १÷१ विकेट लिए । अंकित बुढामगर म्यान अफ द म्याच भए । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन् ।

7.jpg


लुम्बिनी चिन्तन

थप समाचार