भैरहवा, साउन १३ । आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाको मृत्यु भएको छ । गत आवमा ४३ पुरुष, सात महिला र एकजना बालिकाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयकाले पर्सामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताएको छ । आव २०७९/८० मा भने २९ पुरुष, पाँच÷पाँचजना महिला र बालकको गरी ३९ जनाको मृत्यु भएको थियो ।प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए । आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए ।