Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सामुहिक बिद्यालय परिवार रुपन्देहीको आयोजनामा क्विज तथा वर्ड अरेन्जमेन्ट कम्पिटिसन, मनकामना स्कुल प्रथम


  • लुम्बिनी चिन्तन
  • श्रावण ११, २०८१ शुक्रवार
  • 1.6K
    SHARES

सामुहिक बिद्यालय परिवार रुपन्देहीको आयोजनामा क्विज तथा वर्ड अरेन्जमेन्ट कम्पिटिसन, मनकामना स्कुल प्रथम

भैरहवा, साउन ११ । सामुहिक बिद्यालय परिवार रुपन्देही द्वारा आयोजित हाजिरी जवाफ प्रतियोगिता तथा सब्द संयोजन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । । प्रतियोगितामा २० वटा विद्यालयको सहभागिता रहेको थियो । 
स्कुल स्तरीय हाजिरीजवाफ (क्विज कम्पिटिसन)मा मनकामना इङलिस हाई स्कुल  प्रथम भएको छ । उपविजेता अर्थात फस्ट रनरअप सन्जिवनी शिक्षा सदन भएको छ भने सनलाइट इङलिस हाइ स्कुल दोश्रो र न्यूइरा इङलिस हाइ स्कुल तेश्रो भएको छ ।  


यसैगरी सब्द संयोजन (वर्ड अरेन्जमेन्ट) प्रतियोगिता छात्र छात्रा गरि दुइवटा विधामा गरिएको थियो । छात्र तर्फ एभरेष्ट मोर्डन स्कुल प्रथम भएको थियो भने छात्रा तर्फ मनकामना इङलिस हाई स्कुल प्रथम भएको हो । 
साथै, उपविजेता छात्र तर्फ मनकामना इङलिस हाई स्कुल, दोश्रो सञ्जीवनी शिक्षा सदन र स्प्याङ्गल इङलिस हाई स्कुल तेश्रो हुन सफल भएको छ ।
छात्रातर्फ भने एभरग्रीन पब्लिक इङलिस स्कुल उपविजेता, एभरेष्ट मोर्डन इङलिस स्कुल दाश्रो र सि.बि. पब्लिक इङिलस स्कुल तेश्रो हुन् सफल भएको छ । 


प्रतियोगीहरुलाई भैरहवा मल्टिपल क्याम्पसका लेक्चरल तथा प्रतियोगिताका क्विच मास्टर हिमाल बेरवालद्वारा प्रश्नोत्तर गएिको थियो ।         
कार्यक्रममा प्रमुख आतिथ्यता शिक्षा बिकास तथा समन्वय एकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेको रहेको थियो भने कार्यक्रममा अध्यक्षता सामुहिक बिद्यालय परिवारका अध्यक्ष बसन्त पाण्डेको रहेको थियो । 


कार्यक्रममा प्रमुख अतिथि शिक्षा बिकास तथा समन्वय एकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेले शुभकामना मन्त्तव्य राख्दै विद्यार्थी भाइबहिनीहरुलाई उच्च मनोबालका साथ, सकारात्मक सोचका साथ तथा जोसजागरका साथ अध्ययनका गर्न आग्रह गरे । 
साथै उनले सहभागी विद्यार्थीहरुको प्रर्दशन देखेर भविष्यमा सफल व्यक्तित्व बन्ने विश्वास पनि व्यक्त गर्नुभयो । 


सामुहिक बिद्यालय परिवारका अध्यक्ष बसन्त पाण्डे भन्छन “हामीलाई विभीन्न आक्षेपहरु आउने गर्दछ । इङलिस स्कुलहरुले विद्यार्थीहरुलाई घोकाउने काम मात्र गर्दछ बच्चाहरुमा टेयालेन्सि भन्ने आक्षेप खाइरहेका छौ । त्यो आक्षेप गल हो भनेर आजको यस कार्यक्रमले त्यस्ता आक्षेपहरुलाई केहीमात्रामा सोच्न बाध्य गराउछ । हामीले कक्षा ४–५ का विद्यार्थीहरुलाई सरकारी जागिर गर्नकालागि यस्तै किसीमको प्रश्नहरु आउने भएकोले विद्यार्थीहरुलाई तयार गराइरहेका छौ । उनले भने ।


कार्यक्रममा शिक्षा बिकास तथा समन्वय एकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडे, सामुहिक बिद्यालय परिवारका अध्यक्ष बसन्त पाण्डे, प्याब्सन लुम्बनी प्रदेशका सह–सल्लाहकार तथा कोषाध्यक्ष महेश भुर्तेल, उदय कुमार मल्लिक, राजकुमार गुरुङ,  कार्यक्रम संयोजक राजेश यादव, उपाध्यक्ष समसाद इद्रीसी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रमोद यदवले  गर्नु भएको थियो ।    


लुम्बिनी चिन्तन

थप समाचार