Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने


  • लुम्बिनी चिन्तन
  • श्रावण १०, २०८१ बिहिवार
  • 508
    SHARES

जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

भैरहवा, साउन १० । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।बुधबार बिहान भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने जहाजका पाइलट मनिष रत्न शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।सरकारले उक्त जहाज दुर्घटनाको बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन समेत गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार