भैरहवा, साउन ०९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । आज ११ बजेर ११ मिनेटमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान र अवतरण बन्द भएको हो ।
उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् ।आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।
अन्तराष्ट्रिय विमान आकाशमा नै होल्ड भएका छन् । थाइ एयरवेजको काठमाडौं आउदै गरेको जहाज भारतीय आकाशमा होल्ड भएको छ । भने, बंगलादेशको ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान सिमराको आकाशमा होल्ड भएर डाइभट भएको छ ।