भैरहवा, साउन ०९ । त्रिभुवन विमानस्थलको धावनमार्गभन्दा पूर्वपट्टि दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजबाट १८ जनाको शब निकालिएको छ । आफ्नै कर्मचारीहरु लिएर मर्मतका लागि पोखरा जान लागेको उक्त जहाज बिहान करिव ११ बजे दुर्घटना हुँदा पाइलट मनिषरत्न शाक्य भने जिवितै भेटिएका थिए । उनको अहिले केएमसी मेडिकल अस्पताल सिनामंगलमा उपचार भइरहेको जनाइएको छ ।जहाजमा पाइलट सहित १९ जना सवार थिए । सर्वसाधारण यात्रु नरहेको जहाजमा सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली रहेका थिए ।