भैरहवा, साउन ०९ । बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन रोक लगाईएको छ। सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल पाल्पा सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षेति हुन नदिन रातिको समयमा सवारी चलाउन रोक लगाईएको स्थानीय प्रशासनले जनाएको छ । हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ । साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिनु पर्ने छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ ।