Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पत्रकाहरुकाे चुनावी माहाेल, रूपन्देहीमा भयाे उम्मेदवारी दर्ता, ३ जना बागी उम्मेदवार


  • लुम्बिनी चिन्तन
  • चैत्र २३, २०७७ सोमवार
  • 1.0K
    SHARES

पत्रकाहरुकाे चुनावी माहाेल, रूपन्देहीमा भयाे उम्मेदवारी दर्ता, ३ जना बागी उम्मेदवार

बुटवल । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनाव यही चैत्र २५ गते हुँदै छ।  जिल्ला शाखाहरुका साथै, एशोसिएट र प्रतिष्ठानहरुमा उमेद्वारी दर्ता भएको छ। प्रदेश र केन्द्रीय समितिको लागि यस अघि नै उमेद्वारी दर्ता भइसकेको छ। देशभरका १३ हजार पत्रकारले आ आफ्नो शाखाको कार्यसमितिसँगै, प्रदेश र केन्द्रीय कार्यसमिति पनि प्रत्यक्ष मतदानद्वारा चुन्दैछन्। महासंघको केन्द्रीय कार्यसमितिको लागि पहिलो पटक प्रत्यक्ष निर्वाचन हुन लागेको हो। यस अघि जिल्ला अधिवेसनबाट चुनिएका पार्षदहरुले केन्द्रीय समितिको नेतृत्व चुन्थ्यो। 

नयाँ संरचनाको प्रदेशमा यस अघि सबै ठाउँमा सर्वसम्मत तरिकाले चुनाव भएको थियो । अहिले पहिलो पटक मतदान हुँदै छ। 
शााहरुमा उमेदवारी दर्ताभएसँगै नेपाल पत्रकार महासंघको चुनावी माहोल थप तातेको छ। जिल्ला देखी केन्द्रसम्मका उमेद्वार बनेका पत्रकारहरु अहिले मत माग्न व्यस्त छन । सामाजिक सञ्जालहरु पनि चुनावी प्रचारले रंगीएका छन्। 

रुपन्देहीमा पोखरेल र पाण्डेको समूहद्वारा उमेद्वारी दर्ता

नेपाल पत्रकार महासंघ रुपन्देहीको आगामी अध्यक्षको लागि रामराज पोखरेल र दिनेस पाण्डेले उमेद्वारी दर्ता गराएका छन्। आ(आफ्नो प्यानल सहित महासंघको कार्यालय पुगेर उनीहरुले उमेद्वारी दर्ता गराएका हुन्। पोखरेलको प्यानलबाट उपाध्यक्षमा विश्वास ढकाल र सञ्जु पौडेल, सचिवमा विनोद परियार, कोषाध्यक्षमा सञ्जय सौगात तथा सहसचिवमा विरेन्द्र कुँवर र माया केशीको उमेद्वारी दर्ता भएको छ। 

त्यस्तै सदस्यहरुमा शंकर पाण्डे, कविराज अधिकारी, मोती न्यौपाने, प्रदीप आचार्य, नविन घिमिरे, प्रकाश पाण्डे, पुनहरी वेलवासे मानवहादुर कुँवर, हरिकला कुँवर, टंका सुनार, राज चौधरी, सल्मान खान र राधेश्याम विश्वकर्मा उमेद्वार बनेका छन्। 

त्यसै गरी पाण्डेको प्यानलबाट उपाध्यक्षमा दिपेश पछाइ र अमृता अनमोल, सचिवमा लक्ष्मण पोखरेल, कोषाध्यक्षमा स्वस्तिक श्रेष्ठ तथा सहसचिवमा केशव भण्डारी र गोबिन्द घर्तिको उमेद्वारी परेको छ। सदस्यहरुमा विकास पराजुली, प्रकाश आचार्य, एनवी कंडेल, मिना पाण्डे, तुल्सीराम पौडेल, दिनेश श्रेष्ठ, कृष्ण खनाल, रविन्द्र प्रताप गुप्ता, रेनुका गिरि र राजकुमार धवलले मनोनयन दर्ता गराएका छन्।

कार्यसमिति सदस्य सँगै २५ गते राष्ट्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यका उमेद्वारहरुको पनि उमेद्वारी दर्ता भएको छ। 
महासंघको लुम्बिनी प्रदेशको लागि भरत केशी, घनश्याम गौतम र बसन्त गिरि भिड्दै छन्। अध्यक्ष, दुइ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष दुइ सचिव सहित लुम्बिनी प्रदेशमा २१ सदस्यीय कार्यसमितिको लागि निर्वाचन हुने छ।

केन्द्रीय कार्यसमितिको लागि अध्यक्षमा विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी भिड्दै छन्। केन्द्रमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, दुइ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ६ जना सचिव सहित ३७ सदस्यको लागि चुनाव हुने छ। 

३ पदमा बागी उम्मेदवार
 चैत्र २५ मा हुने निर्वाचनका लागि रुपन्देही शाखामा ३ पदका लागि बागी उम्मेदवारी परेको छ । शाखाको सचिव पदका लागि लोकतान्त्रिक प्यानलबाट विनोद परियारले आधिकारीक उम्मेदवारी दिएका छन् भने सोही समूहका चन्द्रप्रकाश (सिपी) खनालले पनि उम्मेदवारी दिएका छन् । त्यसैगरी खुला तर्फको सहसचिव पदका लागि विरेन्द्र कुंवरले उम्मेदवारी दिएका छन् भने सोही समूहबाट दिपक घिमिरेले पनि उम्मेदवारी दिएका छन् । त्यस्तै सोही समूहका सञ्जय सौगात कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने श्यामशंकर पाण्डेले पनि कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

महासंघको नेतृत्वका लागि प्रेस युनियन नेपालका रामराज पोखरेलको नेतृत्वमा अन्य संगठनहरु प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघ बीच संयुक्त प्यानल बनाएर निर्वाचनमा जाने सहमति भएको थियो । प्रेस यूनियनका समर्थकहरुले नै बागी उम्मेदवारी दिएपछि प्यानल भित्रको असन्तुष्टि बाहिर आएको हो । 

 


लुम्बिनी चिन्तन

थप समाचार