Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीको छोटी भन्सार कालीदहमा नाकामा पनि वाकथ्रु मेसिन संचालन, केही दिनमै एकिकृत जांच चौकी सुरु गरीने


  • लुम्बिनी चिन्तन
  • श्रावण ४, २०८१ शुक्रवार
  • 520
    SHARES

रुपन्देहीको छोटी भन्सार कालीदहमा नाकामा पनि वाकथ्रु मेसिन संचालन, केही दिनमै एकिकृत जांच चौकी सुरु गरीने

भैरहवा, साउन ०४ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाका मुख्य नाकाहरुलाई ब्यावस्थित बनाउदै लगेको छ । गत असार २६ गते रुपन्देहीको बेलहिया नाका एकिकृत सुरक्षा सेवा सुरु गरेकोमा बिहिवार देखी रुपन्देहीको लुम्बिनी स्थित कालीदह नाकामा पनि वाकथ्रु मेसिन संचालनमा ल्याईएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । 

सिमा क्षेत्र बेलहीया र कालीदहमा भारत तर्फ भारतीय एस एस्बिले बिगद देखीनै वाकथ्रु मेसिन संचालनमा ल्याएको भएता पनि नेपालको तर्फ बाट भने हालै सुरु गरएिको हो । नेपाल भारत खुल्ला सिमाना रहेको अवस्थामा सिमा नाकालाई थप ब्यास्थित बनाउदै लैजानका लागी रुपन्देहीको बेलहीया र कालीदह नाकामा वाकथ्रु मेसिन संगै एकिकृत जांच सेवा सुरु गरेका छौ प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने । सम्भवत नेपालको खुल्ला सिमाना रहेकोमा रुपन्देहीले नै होला सिमानाकामा वाकथ्रु मेसिन राखेर जांच सुरु गर्न लागेको प्रजिअ अर्यालले भने ।

kalidaha 1.jpgkalidah 3.jpgवाकथ्रु मेसिन संचालनमा आए संगै सिमा नाकामा सुरक्षा जांचमा थप सहजता हुने सशस्त्र प्रहरी वल २७ नं गणका शसस्त्र प्रहरी उपरिक्षक अनन्त थापाले भने । वाकथ्रु मेसिन भए संगै यो मेसिनको वाटो भएर आउन नचाहने सुरुमै संकाको घेरामा आउने हुदा चेकजांचमा थप सहज हुने उनले बताए ।  जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको समन्वयमा र सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा बेलहिया नाकामा र लुम्बिनी सांस्कृतीक नगरपालिकाको सहयोगमा कालीदहमा अत्याधु्निक वाकथ्रु मेसिन राखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । सिमा क्षेत्रबाट हुने अवैध कारोवार नियन्त्रणमा यस कार्यले धेरै सहयोग पुग्ने लुम्बिनी सास्कृतीक नगरपालिकाका नगर प्रमुख सजरुदिन मुसलमानले बताए ।  लुम्बिनी बासीलाई सुरक्षित र भयरहित वातावरणमा आफ्नो पेसा–व्यवसाय गर्ने तथा दैनिकी संचालन गर्ने अवस्था सिर्जना गर्न प्रशासनसँग मिलेर काम गरिरहेको लुम्बिनी सांस्कृतीक नगरपालिकाका उपमेयर कल्पना हरीजनले बताईन । सिमा नाकामा वाकथ्रू मेसिन जडान गरे संगै सिमानाका बाट हुने अवैध कारोवार नियन्त्रणमा सहयोग पुग्ने सुरक्षा निकायले अपेक्षा गरेको छ । kalidaha 4.jpg


लुम्बिनी चिन्तन

थप समाचार