Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

आज यी स्थानमा मध्यमदेखि भारी वर्षा हुने


  • लुम्बिनी चिन्तन
  • श्रावण ४, २०८१ शुक्रवार
  • 276
    SHARES

आज यी स्थानमा मध्यमदेखि भारी वर्षा हुने

भैरहवा, साउन ०४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ। शुक्रबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने  र बागमती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा राति पनि भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


लुम्बिनी चिन्तन

थप समाचार