भैरहवा, साउन ०३ । सिद्धार्थनगर सिटि अस्पताल भैरहवामा यहि श्रावण ६ गते देखि ११ गतेसम्म निशुल्क स्वास्थ शिविरको आयोजना हुने भएको छ ।
बिभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन गर्दै आएको सिटि अस्पतालले थाइल्यान्डको अस्पतालको सहयोगमा निशुल्क घुडा प्रत्यारोपण पनि गरेको थियो भने अहिले सिद्धार्थनगर सिटि अस्पताल भैरहवाको प्राङ्गणमामा हुने सिबिरमा निशुल्क चेकजाँच तथा परामर्श ,इको ,इसिजि , एक्सरे ,भिडियो एक्सरे तथा मुटु रोग सम्बन्धि ल्याप टेस्ट गर्न परेमा ५०% छुटको ब्यबस्था गरिएको अस्पतालले जानकारी गराएको छ । बिदेश बाट लामो समय अनुब प्राप्त मुटु रोग बिशेषग्य डाक्टरोर द्वारा सिद्धार्थनगर सिटी अस्पतमा उपचार गरिने अस्पतालले जानकारी दियो ।