Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


  • लुम्बिनी चिन्तन
  • चैत्र २३, २०७७ सोमवार
  • 966
    SHARES

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं ।  नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ। पेट्रोल र डिजल र मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजलरमट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले बताएको छ ।स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो । खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री  मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७।३९ रुपैयाँ, डिजलमा प्रति लिटर १।९४ रुपैयाँ घाटा छ । ग्याँसमा प्रतिसिलिन्डर ४१८।४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । १५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र  ग्याँसमा मात्रै पाक्षिक रुपमा ६०।१३ करोड घाटा रहेको निगमले बताएको छ । सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार