Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

शुक्रबारदेखि सुरु हुँदै एसीसी महिला एसिया कप क्रिकेट


  • लुम्बिनी चिन्तन
  • श्रावण ३, २०८१ बिहिवार
  • 402
    SHARES

शुक्रबारदेखि सुरु हुँदै  एसीसी महिला एसिया कप क्रिकेट

भैरहवा, असार ०३ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । नेपालले प्रतियोगितामा पहिलो खेल साउन ४ गते यूएईसँग खेल्नेछ । यो खेल श्रीलंकाको डम्बुलामा हुनेछ । नेपालले दोस्रो खेल साउन ६ गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। यो खेल साउन ८ गते डम्बुलामै हुनेछ । तीन साता अगाडि एसिया कपको तयारीका लागि श्रीलंका पुगेको नेपाली टिमले तीन वटा अभ्यास खेल खेलेको छ । साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो । प्रतियोगितामा आठ टोलीको सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते आइतबार हुनेछ । 
 


लुम्बिनी चिन्तन

थप समाचार