Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको साधारण सभा, अध्यक्षमा पन्थी


  • लुम्बिनी चिन्तन
  • चैत्र २१, २०७७ शनिवार
  • 1.2K
    SHARES

नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको साधारण सभा, अध्यक्षमा पन्थी

भैरहवा । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा संघीय सासद बालकृष्ण खाणले भैरहवा भन्सारलाई सुधार्नु पर्ने बताएका छन ।
नेपाल भन्सार एजेन्ट सँघ सिद्धार्थनगरको २२ औ साधारण सभा तथा १० औ अधिबेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै उनले सबै मिलेर भैरहवाको विकास गर्नु पर्ने बताए । आइसीपी निर्माण र ससंदमा विचारधिन रहेको भन्सार विधेयक सम्बन्धमा संघले छलफल सरोकारवाला निकायसँग छलफल र परामर्श गरी ऐन बनाउनका आफुले लविङ गर्ने प्रतिबद्धता जनाए । 
उनले भन्सारमा भएको समस्यालाई समाधान गर्नमा केन्द्रित भई पार्किङको सम्बन्धमा भंसार एजेण्टले सहयोग गर्न आग्रह गरे । निर्माणको क्रममा रहेको अन्तराष्ट्रिय विमानस्थलका लागि अहिले सम्म सिमराबाट मात्र हवाई रुट प्रमिट भएकोले गौतमबुद्ध विमानस्थल संचालन आउनु भन्दा पहिला थप रुट प्रमिट ल्याई हवाई माध्यमबाट पनि आयात निर्यात बढाउनु पर्ने बताए । उद्योगी व्यवसायीहरुलाई बढि भन्दा बढि कमाउन सक्ने बनाएर मात्र देशको विकाश हुने बताउदै खाणले नेपालीलाई उत्साहित र सम्मान  गर्ने बतावरण सरकारले बनाउनु पर्ने बताए ।
सो अवसरमा बोल्दै संघका केन्द्रिय अध्यक्ष भरतराज घिमिरेले भन्सारले खोलेको एजेण्ट आवेदनमा संघबाट कुनै सल्लाह नभएकोमा दुखेशो गरे । पुराना एजेण्टलाई सम्बोधन गरी विभेदकारी ऐनहरुलाई संशोधन गर्नुपर्ने, उत्तरी नाकाबाट दक्षिणी नाका तर्फ भएको मुल्याङकनको समस्या र सर्भर जाने सम्स्या विभागले समाधान गर्नुपर्ने बताए । 
भन्सार एजेन्ट महासंघका निवर्तमान अध्यक्ष शान्तकुमार शर्माले पार्किङ स्थललाई व्यवस्थित र फराकिलो बनाउन,  आई सि पी निर्माणका लागि भारत संग पहल गर्न, भौतिक पूर्वाधारमा कमजोर छौ छिटै समाधान गर्न, र प्रविधिलाई समय सापेक्ष बनाउन आग्रह गरे ।
सँघका अध्यक्ष असिम न्यौपानेको अध्यक्षता, सचिव कृष्ण घिमिरेको सँचालनमा सम्पन्न कार्यक्रमको संयोजन उपाध्यक्ष मधु पन्थीले गरेका थिए । सोही कार्यक्रममा भन्सार एजेन्ट सँघलाई सहयोग गरेको भन्दै पत्रकार मनोरञ्जन शर्मा, ट्रान्स नेपालका प्रमुख रबि पारिख, पूर्व अध्यक्षहरु, कार्यसमिति र सहयोगीहरुलाई सम्मान गरेको थियो ।
अध्यक्षमा पन्थी
नेपाल भन्सार एजेण्ट संघ रुपन्देहीको १०औ अधिवेशनबाट मधु प्रसाद पन्थीको अध्यक्षतामा सर्वसममत रुपमा नयाँ नेतृत्व चयन भएको छ । madhu panthi.jpg
अध्यक्ष सहित सबै पदमा सर्बसम्मत भएको हो । तीन वर्षे कार्यकाल रहने भन्सार एजेण्ट संघको उपाध्यक्षमा अर्जुनदेव पौडेल, महासचिवमा हिरालाल धोबी सचिवमा संजय शर्मा, कोषाध्यक्षमा ओम प्रकाश गिरी र सदस्यहरुमा सुरेन्द्र बहादूर श्रेष्ठ, प्रेम प्रकाश शर्मा,  खेम भुसाल, माधव शर्मा, सत्य नारायण चौधरी, जितेन्द्र प्रसाद कर्ण निर्वाचित भएको निर्वाचन आयुक्त प्राचिन थैवले जानकारी दिए । FB_IMG_1617467191764.jpg


लुम्बिनी चिन्तन

थप समाचार