Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

एआइजीमा सिफारिस भएका पोखरेल डिआइजीमै अवकाश


  • लुम्बिनी चिन्तन
  • आषाढ २१, २०८१ शुक्रवार
  • 350
    SHARES

एआइजीमा सिफारिस भएका पोखरेल डिआइजीमै अवकाश

भैरहवा, असार २१ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डिआइजी) मै अवकाशमा गएका छन्। गत असार १० गते बसेको बढुवा समिति बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यसबारे कुनै निर्णय गरेको छैन । त्यसो हुँदा उनी ५६ वर्षको उमेर हदअनुसार अवकाशमा गएका हुन्। प्रहरी नियमावली २०७१ अनुसार एआइजी र डिआइजीको ५६ वर्षमा उमेर हदले अवकाश पाउँछन्।असार १८ गते एआइजी उमेशराज जोशी अवकाशमा गएका थिए। उनी अवकाशमा जानुअघि नै बढुवा समितिले एआइजीमा पोखरेललाई बढुवा सिफारिस गरेको थियो। सिफारिसअनुसार पोखरेल बढुवा भएको भए दुई दिनका लागि मात्रै एआइजी हुने थिए। दुई दिनका लागि मात्रै एआइजीमा सिफारिस गरको भन्दै आलोचनासमेत भएको थियो।डिआइजी पोखरेल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा प्रमुख थिए।कार्यालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरिएको थियो।


लुम्बिनी चिन्तन

थप समाचार