Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

छैठौं दिनपनि सुनको भाउमा उकालो, कतिमा हुँदै छ कारोबार ?


  • लुम्बिनी चिन्तन
  • आषाढ २०, २०८१ बिहिवार
  • 304
    SHARES

छैठौं दिनपनि सुनको भाउमा उकालो, कतिमा हुँदै छ कारोबार ?

भैरहवा, असार २० । नेपाली बजारमा सुनको भाउ लगातार ६ दिन बढेको छ । उक्त ६ दिनमा सुनको भाउ ३५ सय रुपैयाँ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि छापावाल सुन प्रतितोल १६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार, आइतबार, सोमबार, मंगलबार र बुधबार पनि सुनको भाउ क्रमशः प्रतितोला १०००, २००, २००, १०० र १६ सय रुपैयाँले बढेको थियो । यसअघि बुधबार  सुनको मूल्य १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १८ सय ६५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ तोलाको १८ सय २५ रुपैयाँ कायम रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार