Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

तालाबाङमा जिप दुर्घटना (अपडेट): मृतकको नाम खुल्यौ


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०८१ सोमवार
  • 402
    SHARES

तालाबाङमा जिप दुर्घटना (अपडेट): मृतकको नाम खुल्यौ

भैरहवा असार १७।
रोल्पाको तालाबाङमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात जनाको पहिचान खुलेको छ । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं। ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना हुदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै र दुईको उपचारको क्रममा ज्यान गएको हो।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा माडि गाउपालिका ३ तालावाङ वर्ष ३३ की जुनमाया खड्का , सोहि ठाउ निवासी  वर्ष ७७ का खडक बहादुर डाँगी
, दाबाङ वर्ष ३० की अमृता घर्ति , अमृता घर्तिकी १८ महिनाको छोरी ,  परिवर्तन गाउपालिका वडा नं २ राङ्सी वर्ष ३३ की रामकली पुन रहेका छन् । 
त्यसैगरी अस्पताललमा मृत्युहुनेमा   वर्ष ७० का झुपलाल डाँगी र अर्काको परिचय खुलेको छैन ।  
त्यसैगरी दुर्घटनामा परि घाईतेहरुमा  माडि गाउपालिका वडा नं २ घर्तिगाउँ वर्ष ६का हिटलर खड्का , वडा नं ३ तालाबाङ् वर्ष ६० की कर्मा बुढा मगर , वर्ष ४२ की बरमालि घर्ति , वर्ष ३७ का खगेन्द्र बाठा , वर्ष १३ की प्रतिभा बुढा मगर ,  परिवर्तन गाउपालिका वडा नं २ नाफे वर्ष ४५ का दिपक थापा चालक , गंगादेव गाउपालिका वडा नं ७ वर्ष ५० का नैन सिंह पुन , र माडी गाउपालिका वडा नं ३ दाबाङ वर्ष ४० की दिलकुमारी बुढा मगर रहेका छन् । घाईतेहरुकोे अहिले उपचार भरहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार