Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रोल्पाको तालाबाङमा जिप दुर्घटनाः सातको मृत्यु


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०८१ सोमवार
  • 516
    SHARES

रोल्पाको तालाबाङमा जिप दुर्घटनाः सातको मृत्यु

भैरहवा असार १७ ।

रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालक बच्चासहित पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सातजनाको मृत्यु भएको छ ।

चारजना गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित उक्त जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार दुर्घटनास्थलबाट ११ जनाको उद्धार गरिएको थियो ।

जिपमा ११ जना सवार रहेको बुझिएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धारमा खटिएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार