Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

वृक्षारोपण कार्यक्रम सम्पन्न


  • लुम्बिनी चिन्तन
  • आषाढ १५, २०८१ शनिवार
  • 384
    SHARES

वृक्षारोपण कार्यक्रम सम्पन्न


भैरहवा असार १५/
“राष्ट्रिय वृक्षारोपण दिवस २०८१” को अवसरमा भैरहवामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला वन कार्यालय रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा सिद्धार्थनगर नगरपालिका वडा नं. १३ शान्तिनगर स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निर्माणाधिन भवनको हाता भित्र ४ सय ३५ बिरुवाहरु रोपिएको छ । 
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा लिचि, आँप, अमला, कटहर, बेलउति, निम, अशोक लगायतका करिव ४ सय ३५ वटा बोटबिरुवा रोपीएको थियो .

c7e38755-26ba-43e4-98cf-5612eb442774.jpg
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौर, जिल्ला वन कार्यालयका प्रमुख  प्रभात सापकोटा लगायत अन्य पदाधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार