Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

केन्द्रीय बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्दै


  • लुम्बिनी चिन्तन
  • आषाढ ६, २०८१ बिहिवार
  • 376
    SHARES

केन्द्रीय बैंकले  बजारबाट ५० अर्ब रुपैयाँ तान्दै

भैरहवा, असार ६ । नेपाली बजारमा अत्याधिक तरलता भएकोले यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बिहीबार एक सुचना जारी गर्दै बैंकले उक्त निक्षेप संकलन उपकरणमा बोलकबोल हुने जनाएको छ । 
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज गते  दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्ने केन्द्रिय बैंकले जनाएको छ । 
केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति असार २० गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । राष्ट्र बैंकल बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागिे निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

news_ug3eu2y11jb.pdf :To download file click here


लुम्बिनी चिन्तन

थप समाचार