भैरहवा जेठ २१,
गौतमबुद्ध अन्तराट्रिय विमानस्थल भैरहवाले विमानस्थलमा आईपर्ने आपतकालिन अवस्था र त्यसबाट हुनसक्ने मानविय तथा भौतिक क्षति न्युनिकरणका लागि कसरी सरोकारवालाहरुको भुमिका रहन्छ भन्ने पुर्ण अभ्यासका कार्यक्रम सोमवार गरेको छ ।
अन्तराष्ट्रिय नागरिक उड्यन संगठन नेपाल नागरिक उड्यान प्राधिकरणको सिभिल एभिएशन रिक्वाएरमेन्ट र गौतमबुद्ध अन्तराष्टिय विमानस्थल इर्मजेन्सी प्लानमा भएको व्यवस्था अनुसार प्रत्येक दुई वर्षमा फुल स्केट इर्मजेन्सी एक्सरसाईज कार्यक्रम अन्तरर्गत विपत पुर्ण तयारी अभ्यास गरिएको एयरपोर्ट अप्रेसन प्रमुख तथा कार्यदल संयोजक छविलाल खनालले जानकारी दिए ।
पुर्ण अभ्यासका लागि क्राइसिस क्षेत्रमा विमान अवतरण भएको कल्पना गरेर त्यहाँ रहेको पुरानो विमान नजिकै पानीमा आगो लगाइएको थियो । आगो लागेपछि विमानस्थलका आपतकालीन उद्धार बाहनले आयो निभाएका थिए । उक्त कार्यमा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीले सघाएका थिए ।

विमानको आगो निभाएरपछि यात्रुको उद्धार अभ्यास गरिएको थियो । विमानबाट निकालिएका यात्रुको घटनास्थलमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीले प्राथमिक उपचार गर्नुका साथै घाइतेको अवस्था अनुसार वर्गिकरण गरेका थिए । घटनास्थलमा प्राथमिक उपचार गरेपछि घाइतेलाई एम्बुलेन्समा अस्पताल पठाइएको अभ्यास गरिएको थियो ।
उद्धार कार्यको विमास्थलका महाप्रबन्धकसँगै जिल्लाका सुरक्षा निकायका प्रमुखले समन्वय गरेका थिए । पुर्व अभ्यासमा आपतकालिन अवस्थामा उद्धारमा खटिने विमानस्थलको आपतकालिन उद्धार टोली, सुरक्षा युनिट, एयरपोर्ट व्यवस्थापन लगायत रुपन्देही जिल्लामा रहेका आपतकालिन समयमा भागलिने संस्थाहरु सिटीफायर, विभिन्न अस्पतालहरु,नेपाल रेडक्रस सोसाईटी,आपतकालिन स्वास्थ्य सेवा, तिनवटै सुरक्षा युनिटले आआफ्नो भुमिका प्रस्तुत गरेका थिए । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले तीनवटा अलर्ट अवस्था सिर्जना गरेर यस्तो अभ्यास गरिएको बताए ।