Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थ होटल संघको अध्यक्षमा पुनः श्रेष्ठ


  • लुम्बिनी चिन्तन
  • जेठ १७, २०८१ बिहिवार
  • 292
    SHARES

सिद्धार्थ होटल संघको अध्यक्षमा पुनः श्रेष्ठ

भैरहवा जेठ १७/
सिद्धार्थ होटल संघ नेपाल (सान) को अध्यक्षमा पुनः चन्द्रप्रकाश श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
बुधबार राती भैरहवामा सम्पन्न संघको ७ औं अधिवेशनले श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा किशोर कुमार जोशी, उपाध्यक्षमा मेघनाथ आचार्य र भोजबहादुर खत्री निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा इन्द्रलाल न्यौपाने, सचिवमा विनोद खरेल, कोषाध्यक्षमा रामबहादुर कोइरी र सह–कोषाध्यक्षमा हिरा कार्की सर्वसम्मत रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुलमणि ज्ञवालीले बताए ।
त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा निर्मल श्रेष्ठ, एकरामुद्दिन खाँ, अभ्योदय रत्न स्थापित, उमाशंकर मिश्र, पवन गोयल, बुद्धिराम यादव, अभिनव थापा, सुजन पाण्डे, कैलाश गुप्ता, महेन्द्रकुमार अग्रवाल, विक्रम कुँवर र तिलकराम घिमिरे रहेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार