Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

विहारमा व्यावसायिक गतिविधि नगर्न कोषको पत्र, विदेशीको विवरणसमेत बुझाउन निर्देशन


  • लुम्बिनी चिन्तन
  • चैत्र ४, २०८० आइतवार
  • 336
    SHARES

विहारमा व्यावसायिक गतिविधि नगर्न कोषको पत्र, विदेशीको विवरणसमेत बुझाउन निर्देशन

लुम्बिनी चैत्र ४,
लुम्बिनी बिकास कोषले लुम्बिनी भित्र रहेका विहार÷गुम्बाहरुमा बौद्ध आध्यामिकता र बौद्ध भावना विपरित होटल सरह सेवा संचालन नर्गन पत्राचार गरेको छ ।
लुम्बिनी होटल संघले यस अगाडी लुम्बिनी बिकास कोषमा ज्ञापनपत्र बुझाउदै एक हप्ता भित्र बिहार क्षेत्रमा रहेका गुम्बाहरुले संचालन गर्ने ब्यावसायिक गतिबिधि बन्द नगरे चरण बद्ध रुपमा आन्द्योलन गर्दै आत्मदाह गर्ने सम्मको चेतावनी दिएको थियो । 
लुम्बिनी होटल संघको ज्ञापनपत्रलाई सम्बोधन गर्दै आईतवार लुम्बिनी बिकास कोषले लुम्बिनी भित्र रहेका बिहारहरुलाई विहार क्षेत्र विनियमावली २०५८ अनुसार नियमित रुपमा विदेशी नागरिकको विवरण र नयाँ आउने विदेशी नागरिकको विवरण कोषमा बुझाउनु समेत पत्रमा आग्रह गरेको छ । 
साथै विहार क्षेत्र भगवान बुद्धको शिक्षा र उपदेशहरुको पूर्णरुपमा पालना गर्नुपर्ने स्थान रहेको हुँदा बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रुपमा स्थापित गर्न हुन अनुरोध गर्दे व्यवसायकि प्रयोजनले कुनै पनि कार्य नगर्न नगराउन हुन अनुरोध गर्दे त्यस्ता व्यवसायिक गतिविधि गरिएको पाईएमा नियमानुसार कारवाही हुने व्यहोरा यसै पत्रद्धारा जानकारी गराउदछु कोषका सदस्य सचिव सानुराजा शाक्यद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।
विहार क्षेत्र विनियमावली २०५८ मा रहेको प्रावधान अनुसार सम्बन्धित विहारमा आउने कुनै नयाँ विदेशी नागरिक बस्न आउने भएमा आउने मिति र फर्कने मिति समेत उल्लेख गरी कोषमा जानकारी गराउन पत्रमा उल्लेख छ । 
लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षु भिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ ।

lumbini photo 4.jpg

लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्तिकेन्द्रको रुपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि ९९ बर्षका लागी जग्गा उपलब्ध गराईएको थियो ।
बौद्ध विहार÷गुम्बा, ध्यान केन्द्रहरु निर्माण भै सञ्चालनमा रहेको अवस्थामा हालका दिनहरुमा  विहार÷गुम्बाहरुमा बौद्ध आध्यामिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा उक्त मर्म विपरीत होटल सरहका कोठाहरु तयार गरि व्यापारीक प्रयोजनले पर्यटकहरु राखिएको भन्दै लुम्बिनी होटल संघ नेपालले कोषमा ज्ञापन पत्र बुझाएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार