Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपाल प्रहरीमा कार्यरत श्रीमानबाट प्रहरीमै कार्यरत श्रीमतीमाथि गोली प्रहार गरी हत्या


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ३, २०८० बिहिवार
  • 350
    SHARES

नेपाल प्रहरीमा कार्यरत श्रीमानबाट प्रहरीमै कार्यरत श्रीमतीमाथि गोली प्रहार गरी हत्या

३ फागुन, दाङ ।

दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ ।

घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी गुरुङमाथि धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेका थिए ।

धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायत बताए । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर विहीबार घोराही आएका थिए । उनले धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको बताइएको छ ।

घटनाबारे थप विवरण खुल्न बाँकी भएको र अनुसन्धान जारी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कडायतले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार