Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पर्यटन प्रवर्द्धनका लागि दुई दिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ आज देखी सुरु


  • लुम्बिनी चिन्तन
  • माघ १२, २०८० शुक्रवार
  • 484
    SHARES

पर्यटन प्रवर्द्धनका लागि दुई दिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ आज देखी सुरु

 

दिपेश पछाई , भैरहवा माघ १२/


साइकल सिटी भैरहवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थलहरूलाई समेटेर ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरु गरेको छ । 
गौतमबुद्ध संग जोडिएका रुपन्देही , कपिलबस्तु र नवलपरासी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले सुक्रवार देखी दुई दिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरु गरिएको अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । 

cy 6.jpg
यात्रामा एक जना चिनिया , १७ जना भारतिय , १६ जना महिला , २ जना १४ बर्ष मुनिका सहित देशभरका बिभिन्न शहरहरुबाट सहभागी २ सय २० बढी साईक्लिस्टहरु सहभागी रहेको कार्यक्रम संयोजक दिनेश मान अमात्यले जानकारी दिए ।
भगवान गौतमबुद्धको जन्मस्थल र बुद्ध संग जोडिएका रुपन्देही , नवलपरासी , कपिलबस्तुमा रहेका बिभिन्न स्थानहरुको उजागर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको संयोजक अमात्यले बताए । 

cy 5.jpg
सुक्रवार बिहान भैरहवाको बुद्ध चोकबाट सुरु भएको यात्रा नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह, निग्लिहवामा पुग्ने छ भने दोस्रो दिन तिलौराकोट, सग्रहवा, कुदान, गोटिहवा, लुम्बिनी हुँदै भैरहवा आएर यात्रा समापन हुने  साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारू मगरले बताए ।
आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनीबाहेकका अन्य स्थान सधैँ ओझेलमा परेको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट साइक्लिस्टहरूलाई सहभागी गराएर साइकल यात्रा गराएको उनले बताए ।  हरेक बर्ष गर्ने यस कार्यक्रममा आगामी दिनमा बौद्ध मुलुकहरु साईकिलीस्टहरु सहभागी गराएर कार्यक्रम निरन्तर गर्ने साईकल सिटि सिदार्थनगरका सहसचिव राजेश खरेलले बताए । 

cy 2.jpg
कार्यक्रमले हरेक वर्ष हुने ‘बुद्ध ज्ञान साइकल यात्रा’ले गौतम बुद्धसँग सम्बन्धित क्षेत्रहरुको अझ बढी प्रचारप्रसार हुने र लुम्बिनीबाहेक बुद्धसँग जोडिएका अन्य स्थानहरूको प्रचारप्रसारमा पनि सहयोग पुग्ने साइकल सिटी भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठले बताए ।

cy 1.jpg
भैरहवाको बर्मेलिटोल बाट सुरु यात्राको लुम्बिनी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सिके गुप्ताले उद्धघाटन गरेका थिए । यात्रामा सहभागी साईकिलीस्ष्टहरुलाई मन्त्री गुप्ता , सिद्धार्थनगर नगरपालिकाका मेयर ईस्तियाक अहमद खांनले नेपालको झण्डा र बौद्ध झण्डा हल्लाएर साईकल यात्रिलाई बिदाई गरेका थिए ।

cy 4.jpgसहभागीहरुले शनिवार मायादेबी मन्दीरको अवलोकन पनि भैरहवा फर्किएर एक कार्यक्रमका बिच समापन गरिने छ । यात्रामा सहभागीहरुलाई बिभिन्न स्थानहरुमा स्वागत गरेका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार